कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने

0
Shares

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) को हकप्रदमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले हकप्रद भर्ने म्याद १५ दिन थप गरेसँगै लगानीकर्ताले हकप्रदमा आवेदन दिन थप समय पाएका हुन् ।

बैंकले माघ ७ गतेदेखि १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ ।

हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार पुस २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम कायम रहेका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा मेरोसेयरको मोबाइल एप, वेवसाइट तथा सिभिल क्यापिटल सुन्धारा, कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल २० करोड रुपैयाँ रहेको बैंकले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा बिक्रीपछि बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।