उपभोक्ता खर्चमा वृद्धि भएसँगै जापानी अर्थतन्त्र उकासिँदै

0
Shares

कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि उपभोत्ता खर्चमा वृद्धि हुँदा जापानी अर्थतन्त्रमा सुधार आएको छ । आर्थिक वर्ष २०२१ को अन्तिम त्रैमासमा ५.४ प्रतिशतले आर्थिक दर वृद्धि हुँदा जापानको अर्थतन्त्रमा सुधार आएको हो ।

युक्रेन र रुसबीचको बढ्दो राजनीतिक द्धन्दले गर्दा सुधारात्मक देखिएको अर्थतन्त्रमा समस्या निम्त्याउन सक्ने विचार जापानी केन्द्रिय बैंक, बैंक अफ जापान (बीओजे)का गर्भनर हारुहिको कुरोडाले व्यक्त गरेका छन् ।

सन् २०२१ को तेस्रो त्रैमासमा २.७ प्रतिशतले आर्थिक दर वृद्धि हुँदा विश्लेषकहरुले चौथो त्रैमासमा ५.८ प्रतिशत प्रक्षेपण गरेका थिए । तर, आज प्रकाशित सरकारी डाटा अनुसार आर्थिक वृद्धिले ५.४ प्रतिशतले भएको छ ।

आर्थिक विकासले आफ्नो रफ्तार लिएता पनि केही विश्लेषकहरूले सन् २०२२ को पहिलो त्रैमासमा गिरावट आउने अपेक्षा गरेका छन् । कोभिड संक्रमण दर वृद्धि भएसँगै उपभोक्ताहरु घरमै बस्ने र किनमेल कम गर्ने हुदाँ उपभोक्ता खर्चमा कमी हुन जाने र कोभिडले आपूर्ति श्रृंखला अवरोध गर्दा आर्थिक वृद्धि दरमा गिरावट आउन सक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् ।

बीओजेका गभर्नर कुरोडाले युक्रेनमा बढ्दै गएको तनावले इन्धन र वस्तुको मूल्यमा वृद्धि हुन सक्ने हुँदा त्यसले विश्वव्यापी र जापानको आर्थिक वृद्धि दरमा प्रतिकूल प्रभाव पार्ने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।