एनएमबि बैंकको अगुवाइमा घुन्सा खोलामा सवा १८ अर्ब लगानी हुने

0
Shares

एनएमबि बैंक (NMB) को अगुवाइमा साढे ७७ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ।

उक्त आयोजना निमार्णका लागि एनएमबि बैंक र रेमिट हाइड्रोबिच ऋण सम्झौता भएको छ। जनताको जलविद्युत कार्यक्रममा समावेश ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहेको छ ।

एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह-वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने जनाएको छ । बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा रेमिट्यान्सकर्ताहरु रहेका छन । नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामजिक जोखिम ब्यवस्थापन २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । एनएमबि बैंकले सन २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।