साढे २९ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

0
Shares

नेपाल राष्ट्र बैंकले निकालेको साढे २९ अर्ब रुपैयाँको विकास ऋणपत्र सोमबार सूचीकृत भएको छ ।

नेपाल सरकारको तर्फबाट माघ महिनामा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको उक्त ऋणपत्रमध्ये २ वर्ष अवधिको १९ अर्ब ५० करोड रुपैयाँ र चार वर्षमा परिपक्व हुने रकम १० करोड रुपैयाँ रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार २९ अर्ब ५० करोड रुपैयाँ बराबरका विकास ऋणपत्र सूचीकृत भएको हो । जसमा दुई वर्ष अवधि रहेको १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८० ‘ङ’, दुई वर्ष अवधिकै ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र २०८० ‘च’ र चार वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ छन् ।

स्टकका अनुसार उक्त ऋणपत्रमा लगानीकर्ताले सरकारबाट ५.६५ देखि ५.७४ प्रतिशतसम्म ब्याज भुक्तानी पाउनेछन् । दुई वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘च’ मा लगानीकर्ताले ५.६५ प्रतिशत, अर्को दुई वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘ङ’ का ५.७४ प्रतिशत र चार वर्षे अवधिको विकास ऋणपत्र २०८२ ‘ङ’ का लगानीकर्ताले ५.७२ प्रतिशत ब्याज पाउने ऋणपत्र रहेका छन् ।

विकास ऋणपत्र २०८० ‘ङ’ का लगानीकर्ताले २०८० माघ १२ गते, विकास ऋणपत्र २०८० ‘च’ का लगानीकर्ताले २०८० माघ २६ गते र विकास ऋणपत्र २०८२ ‘ङ’ का लगानीकर्ताले २०८२ माघ १७ गते साँवाँ भुक्तानी पाउनेछन् ।

सरकारले विकास बजेटका लागि आवश्यक रकमकाे परिपूर्ति आन्तरिक ऋण उठाउने प्रयोजनका लागि साढे २९ अर्ब रुपैयाँ रकमको ऋणपत्र नेपाल राष्ट्र बैंकबाट निष्कासन गरेर स्रोत संकलन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।