युक्रेनी सरकारलाई क्राउड फन्डिङबाट ८० लाख डलर बराबरको क्रिप्टो सहयोग

0
Shares

रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरबाट युक्रेनलाई सहयोगको आउने क्रम बढेको छ । पछिल्लो समय विश्वभरबाट विद्रोह र प्रदर्शनहरुलाई सघाउन क्रिप्टोकरेन्सी फन्डरेजिङ गर्ने क्रम बढेको हो ।

युक्रेनले युद्धको तेस्रो दिनमा आफ्नो आधिकारिक ट्वीटर मार्फत क्राउडफन्डिङ (आम सर्वसाधारणबाट स्वेच्छिक रुपमा सहयोग संकलन गर्न) को लागि आग्रह गरेपछि सो आग्रह अनुसार विश्वभरका ११ हजार बढीले ८० लाख बराबरको क्रिप्टोकरेन्सी जम्मा भएको ब्लकचेन विश्लेषक कम्पनी इलिप्टिकले बताएको छ । बिटकोइन, इथर लगायतका क्रिप्टो च्यानल मार्फत सर्वसाधारणले फण्डिङ गरेका छन् ।

भुुक्तानी कम्पनीहरुले युक्रेनी सेनालाई सघाउन दान दिन अस्वीकार गरेपछि सहयोगका लागि क्रिप्टोकरेन्सीलाई विकल्पको रुपमा प्रयोग गरिएको छ ।

युक्रेनी उप–प्रधानमन्त्री मिख्याइलो फेडोरोबले ट्वीटरमा युक्रेनी जनताको साथ दिनुहोस् भन्दै बिटकोइन, इथेरियम, टेथर जस्ता क्रिप्टो च्यानलबाट युक्रेनी जनताहरुलाई सहयोग गर्न आग्रह गर्दै बिटकोइन, इथेरियम र टेथरको अकाउन्ट ट्वीट गरेका छन् । उनको यो आग्रहसँगै विश्वभरबाट सहयोगको ओइरो लागेको हो ।

युक्रेनको दोस्रो ठूलो सहर मानिएको खारखिवमा रुसी सेनाहरुले सैनिक सवारीहरु परिचालन गर्नुका साथै ग्याँस तथा आयल प्लान्टहरुमा विस्फोट गरेपछि सहयोगी हातहरु अझ सशक्त बनेका छन् ।

युक्रेनको डिजिटल मन्त्रालयले युक्रेनी सेनालाई सघाउन भन्दै दानका लागि अनुरोध गरेको भएपनि सो रकम कसरी खर्च हुन्छ भन्नेबारे चाँही केही पनि बताएको छैन ।

टेस्लाका सीईओ एलन मस्क र जापानी दूरसञ्चार कम्पनी राकुटेन ग्रुप इंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हिरोशी मिकितानीले पनि सहयोगको घोषणा गरेका छन् । रुसमाथि आक्रमण अगावै अमेरिकाले १ अर्ब डलर सहयोगको घोषणा गरेको थियो । जापान लगायत अन्य देशहरुले पनि सहयोग घोषणा गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।