नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड हुँदै, मागभन्दा ३९ गुणा बढी आवेदन

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड हुँदै, मागभन्दा ३९ गुणा बढी आवेदन

नेष्डो समृद्ध लघुवित्तको आईपीओ फागुन २४ गते मंगलबार दिउँसो १ बजे बाँडफाँड हुँदैछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार होटल येलो पेगोडा जमल काठमाडौंमा दिउँसो १ बजे बाँडफाँड गरिने जनाएको छ ।

७७ हजार ४५६ जनाले मात्र आईपीओ पाउने

नेष्डो समृद्ध लघुत्तको आईपीओ ७७ हजार ४५६ जनाले मात्र पाउनेछन् । कम्पनीको आईपीओमा खरीका लागि मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको कुल निष्काशित संख्यालाई दश कित्ताका दरले निष्काशित सेयरले पुगेसम्मका लगानीकर्तालाई बाँडफाँड गर्नुपर्ने हुन्छ ।

यसअनुसार कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका इकाईलाई सुरक्षित गरी सर्वसाधारणबाट ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो ।

गोलाप्रथाबाट दश कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा ७७ हजार ४५६ जनाले १० कित्ता दरले पाउनेछन् ।

यसरी बाँडफाँड गरी बाँकी रहेको ३ कित्ता सेयर थप १/१ कित्ताका दरले ३ जनाले पाउनेछन् । यसो हुँदा ७७ हजार ४५३ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ता आईपीओ हात पार्नेछन् ।

अन्तिम दिनसम्मको रेकर्ड अनुसार आईपीओमा २६ लाख १० हजार १२७ वटा आवेदन परेकाले २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुने देखिन्छ । यद्यपी तथ्याङ्क प्रमाणिकरणका क्रममा रद्द आवेदन हटाउँदा बाँडफाँड हुन योग्य लगानीकर्ताको संख्या भने कम हुनेछ । आईपीओमा सर्वसाधारणबाट माग गरिएको कित्ताभन्दा मागभन्दा ३९.०२ गुणा बढी अर्थात ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बरारको ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन परेको छ ।

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये सामूहिक लगानी कोषका इकाईहरुका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरुका लागि १२ हजार ७५० कित्ता छुट्याइएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ फागुन २०७८, मंगलबार १० : ४८ बजे