विदेशी ऋण रुबल मै तिर्ने रसियाको अडान

0
Shares

विदेशी प्रतिबन्धहरुका कारण रुसले वैदेशिक ऋण रुबल मै तिर्ने अडान राखेको छ।

रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि सुरु भएको युद्धका कारण रुसमा विभिन्न देशहरुले प्रतिबन्ध लगाइरहेका छन् । प्रतिबन्ध लगााउनेहरुमा अमेरिका र बेलायत अघि रहेका छन् भने जर्मनी, क्यानडा, जापान, इटलीले पनि साथ दिइरहेका छन् । बेलायतले रुसी बैंकहरुमा प्रतिबन्ध लगाउँदा रुसी बैंकहरुले विदेशी विनिमय गर्न पाएका छैनन् ।

पश्चिमा केही देशहरुमा रुसी करेन्सी नै प्रतिबन्ध लगाइएको छ । रुससँग वैदेशिक व्यापारमा प्रतिबन्ध लगाई रुसी केन्द्रिय बैंकको वैदेशिक सञ्चिति घटाउने लक्ष्य राखेका पश्चिमा देशहरुले रुसले आफ्नो वैदेशिक ऋण तिर्न नसक्ने जस्ता अभिव्यक्ति दिइरहेका छन् ।

यस अवस्थामा रुसी वित्तिय तथा आर्थिक मन्त्रालयले तत्कालको लागि वैदेशिक ऋण तिर्ने घोषणा गरेको छ । रुसी अर्थमन्त्री एन्टोन सुलियानोभले आफूहरुसँग वैदेशिक ऋण तिर्न आवश्यक वैदेशिक मुद्रा भएको र अन्य देशहरुबाट आएका रुसले आफ्नो सबरेन डेभ्ट नै तिर्न नसक्ने खाले अभिव्यक्ति झुटा रहेको बताएका छन् । वैदेशिक प्रतिबन्धहरुका कारण, वैदेशिक ऋण भुत्तानीमा समस्या भए युरोबोन्ड बराबरको ऋण रुबल मै तिर्ने एन्टोनले बताएका छन् ।

रुसी सरकारको ११ करोड ७० लाख अमेरिकी डलर ऋण रहेको छ । अन्तराष्ट्रिय भुत्तानी सञ्जाल स्वीफ्टबाट रुसी बैंकहरुलाई प्रतिबन्ध लगाइए पछि रुसको वैदेशिक सञ्चितिमा कमी आएको छ भने रुबल अहिले सम्म कै कमजोर अवस्थामा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।