जापानका प्रधानमन्त्रीको निर्देशनपछि कामदारको तलब बढ्दै

0
Shares

जापानका केही प्रमुख संघ–सस्थाहरुले कर्मचारीको तलब २ देखि ३ प्रतिशतले बढाउने भएका छन् ।

प्रधानमन्त्री फुमियो किसिदाले उच्च नाफा कमाइरहेका संघसंस्थाले ३ प्रतिशतले आफ्ना कर्मचारीहरुको पारिश्रमिक वृद्धि गर्न दवाव दिएपछि कम्पनी तथा फर्महरुले कर्मचारीको तलब बढाउने भएका छन् ।

न्यून पारिश्रमिकका कारण मानिसहरुले कमाएको पैसा खर्च गर्ने भन्दा पनि सञ्चित गरेर राख्ने गरेको पाएइपछि फुमियोले खर्च वृद्धि गर्न र चौतर्फी रुपमा वित्तिय पहुँच बढाउन उक्त दबाब दिएका हुन् ।

आर्थिक वर्ष २०२२ मा कर्मचारीहरुको पारिश्रमिकमा वृद्धि गर्ने भनेता पनि कोभिड–१९ महामारीका कारण राष्ट्रिय तथा स्थानीय स्तरका कम्पनीहरुले नाफा कमाउन नसकिरहेको युबिएस सेक्युरिटिजका अर्थशास्त्री मासामिची अदाचीले बताएका छन् । यसैक्रममा जापानको ब्लु चिप्स फर्मले करिब आठ वर्षपछि १.८६ प्रतिशतका दरले कर्मचारीको पारिश्रमिक बढाउने भएको छ ।

मुद्रास्फीति दर २ प्रतिशतमा ल्याउनको लागि कर्मचारी पारिश्रमिक ३ प्रतिशतले वृद्धि गर्ने भनिएता पनि प्रधानमन्त्रीको उक्त योजना निकै महत्वाकांक्षी रहेको जापानी केन्द्रिय बैंकका गर्भनरले बताएका छन् ।

यसै क्रममा विद्युतीय सामग्री निर्माण गर्ने तोसिवा र हिताचीले पनि आफ्ना कर्मचारी तथा कामदारहरुको पारिश्रमिक २.५ देखि २.६ प्रतिशतले वृद्धि गर्ने भएका छन् । रेन्गो ट्रेड युनियनले पनि ४ प्रतिशतले कर्मचारीहरुको तलब वृद्धि गर्ने भएको छ ।

कोभिड–१९ संक्रमणले धरासायी भएको अर्थतन्त्र उकास्नको लागि जापानले अहिले सम्म पनि रोजगारी बढाउने सम्बन्धी कामहरु गरिरहेको छ । अन्य देशहरुले ह्वाकिस नीति अवलम्बन गरिरहेको समयमा पनि जापाले डोभिस नीति लागु गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।