आइएमई र मिदासबीच सहकार्य, कक्षा १० सम्म निःशुल्क ई‐लर्निङको व्यवस्था

0
Shares

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई र मिदास एजुकेशनले सहकार्यमा र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु गरेका छन् । सो अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ (८ चैत्र २०७८ देखि ३१ बैशाख २०७९) सम्म कुल ५४ दिनको लागि लागु गरिएको छ ।

यस अभियानमा नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ ।

ग्राहकल आफ्नो मोबाइलमा प्राप्त गरेको उक्त लिङ्क मा क्लिक गरेर मिदास ई क्लास सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि ग्राहकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले निशुल्क पढ्न पाउनेछन् ।

ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्ने बताइएको छ । मिदास र्य क्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।