टोयोटाले स्वचालित कारको टेक्सासमा परिक्षण गर्दै

0
Shares

जापानी कार निर्माता टोयोटा र स्वचालित सवारी प्रणाली विकासकर्ता अरोरा इनोभेसनले निर्माण गरेको स्वचालित कारको परिक्षण टेक्सासमा सुरु गरेका छन् ।

कारमा कुनै पनि प्यासेन्जरलाई नबसाई दुई सेफटी अप्रेटरको सहायताले परिक्षण गरेको अरोराले जानकारी दिएको छ । यसपछि अरोरा कै रेट्रोफिटिङमा टोयोटाको सेयना मिनिभ्यानमा पनि स्वच्वालित प्रविधि जडान गरिने छ । उक्त मिनिभ्यानलाई डलास र्फोट क्षेत्रमा परिक्षण गरिने छ जसअन्तर्गत एयरपोर्ट जाने रुट पनि रहेको छ ।

अरोराको प्रतिस्पर्धी यमोले पनि फोनिक्स क्षेत्रमा स्वचालित मिनिभ्यानहरु सञ्चालन गरिरहेको छ । तर यसले एयरर्पोट क्षेत्रमा प्यासेन्जर लिन र लैजान जाने स्वीकृति भने पाएको छैन । एक विज्ञप्तिमा यमोले आफ्ना गाडीहरु अब व्यस्त सहर जस्तै सनफ्रान्सीसकोमा नै परिक्षण गर्न मिल्ने बताएका छन् ।

स्वचालित हुने सवारी साधनका स्टार्टअपहरुमा अर्बौँ डलर खर्च गरिएको हुन्छ र नाफा कमाउनको लागि दबाब रहेको तर प्राविधिक अवरोधहरुले गर्दा सोचेको जस्तो नाफा कमाउन नसकेको अरोराका क्रिस उर्मसनले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।