युरोपियन युनियनद्धारा रुसी मुद्रा रुबलमै इन्धनको मूल्य तिर्ने सम्झौता खारेज

0
Shares

युरोपियन युनियन (इयु) ले रुसको रुबल मै इन्धनको मूल्य तिर्ने सम्झौतालाई खारेज गरेको छ । रुससँग सम्झौता खारेज गरेपछि इयुले अमेरिकाबाट लिक्युफाइड प्राकृतिक ग्यास खरिद गर्ने भएको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि अमेरिकाले रुसबाट गरिने इन्धन आयातमा रोक लगाएको छ । यसैगरी युरोपियन युनियनले पनि कच्चा तेल तथा प्राकृतिक ग्यासको आयात अरु देशबाट सुरु गरेको छ । रुसले युरोपियन युनियनका देशहरुमा कुल ३० प्रतिशत इन्धन आपूर्ति गर्ने गरेको छ ।

युक्रेनमा आक्रमण नरोकिए पछि युरोपियन युनियनले रुसमाथि थप प्रतिबन्ध लगाउँदै गएको छ । यसै स्वरुप इयुले सन् २०२२ को अन्त्य सम्ममा रुसमाथिको इन्धन निर्भरतालाई घटाउँदै जाने योजना बनाएको छ ।

ब्रुसेल्समा हुँदै गरेको जी७ समीटमा गएका अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युरोपलाई १५ बिलियन क्युबिक मिटर भन्दा धेरै लिक्युफाइड प्राकृतिक ग्यास प्रदान गर्ने बताएका छन् । अमेरिका लगायतका अन्य देशहरुबाट इन्धनको आयात बढाइ इयुले रुसमाथिको निर्भरता २/३ भागले यही वर्ष घटाउने निर्णय गरेको छ।

अमेरिकाले सन् २०२३बाट युरोपमा इन्धन आपूर्ति गर्ने भनिएको छ । युरोपमा भएको इन्धनको मूल्य वृद्धिका कारण अमेरिकाले सन् २०२३बाट नभई पहिलेको आपूर्ति सङ्ख्यालाई वृद्धि गरेर थप प्राकृतिक ग्यास यथाशीग्र पठाउनु पर्ने गोल्डम्यान स्याचका विश्लेषकले बताएका छन् ।

युरोपियन युनियनका प्रमुखहरुले पनि एक्यबद्ध रुपमा इन्धन आयात गर्ने सम्झौतामा राजी भएका छन् । कच्चा तेल, कोल र प्राकृतिक ग्यासमा प्रतिबन्ध लगाउनुले नै पुटिललाई युद्ध गर्नबाट रोक्न सकिने अस्त्र रहेको र यसमा सबैले एक्यबद्धता जनाउनु पर्ने लातभियाका प्रधानमन्त्री अरर्टस कारिन्सले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।