चीनमा लकडाउन सुरु भएपछि ओरालो लाग्यो एसियाली सेयर बजार

चीनमा लकडाउन सुरु भएपछि ओरालो लाग्यो एसियाली सेयर बजार

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चिनिया सरकारले साङ्घाइ लगायतका सहरमा लकडाउन घोषणा गरेको छ । चीनको साङ्घाइमा लकडाउन हुँदा त्यसको प्रभावले एसियाली सेयर बजार र अन्तराष्ट्रिय कच्चा तेलको मूल्य ओरालो लागेको छ ।

चीनमा गरिएको लकडाउनका कारण एसियाली सेयर बजार ओपनिङमा ओरालो लागेको छ । जापान बाहिरको एसिया–प्यासिफिक क्षेत्रको बृहत सूचांक एमएससीआइ ०.८ प्रतिशतले ओरालो लागेको छ । यसैगरी चीनको निकेई ०.४ प्रतिशतले घटेको छ भने चीनको ब्लु चिप्स ०.८ प्रतिशतले ओरालो लागेको छ ।

यसैगरी अमेरिकी तथा युरोपेली सेयर सूचांक एस एन्ड पी स्टक फ्युचर्सले ०.३ प्रतिशत उकालो लागेको छ भने नासड्याक ०.४ प्रतिशतले ओरालो लागेको छ। यसैगरी युरोस्टक्स र एफएटसीइ सूचांक भने स्थिर देखिएका छन् ।

कच्चा तेलको मूल्य प्रति ब्यारल ४ डलरले घटेको छ । रुस र युक्रेन शान्ति सम्झौता गर्न यसै हप्ता टर्कि जाने भएपछि तेलको मुल्यमा अझै सुधार आउने अनुमान गरिएको छ ।

बैंक अफ जापानले बोन्ड खरिद गर्दा जापानी येज अन्तराष्ट्रिय बजारमा झन् कमजोर देखिएको छ । जापानी येन एक डलर बराबर १२३.०३ येनमा विनिमय भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ चैत २०७८, सोमबार १३ : २१ बजे