अमेरिकाले फ्युल इकोनमी मापदण्ड पालना नगर्ने अटोमेकर कम्पनीलाई जरीवाना लगाउने

0
Shares

अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (एनएचटीएसए)ले फ्युल इकोनमी मापदण्ड पालना नगर्ने अटोमेकर कम्पनीहरुलाई फाइन लगाउने भएको छ।

सन् २०१९ देखि यताको समयमा निर्माण भएका कारहरुमा एनएचटीएसएले फ्युल इकोनमी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताएको हो ।

एनएचटीएसएले गरेको यो निर्णय टेस्ला कम्पनीका लागि भने वरदान भएको छ । अरु कार निर्माताहरुले इन्धन इकोनमी पालना नगरेकोमा हजारौँ हजार जरिवाना तिर्नुपर्ने छ भने पूर्ण विद्युतीय कार निर्माण गर्ने टेस्ला यस झन्झटबाट टाढा सुरक्षित रहेको छ ।

यस मापदण्डको बारेमा प्रकाश पार्दै एनएचटीएसएले राष्ट्रको ईन्धन अर्थ व्यवस्था मापदण्डहरू उल्ङ्घन गरेमा उत्पादकहरूलाई जवाफदेहि बनाउन र इन्धन अर्थव्यवस्था सुधार गर्न प्रोत्साहन गर्ने बताएको छ ।

एनएचटीएसएले सन् २०१९ देखि २०२१ सम्ममा उत्पादन भएका कारहरुमा प्रति माइल आवश्यक इन्धन इकोनमी पूरा नगर्ने कारहरुलाई १४ डलर फाइन लगाएको छ भने सन् २०२२ मा उत्पादन भएका कारहरुमा १५ डलर जरिवाना लगाउने प्रावधान अघि सारेको छ । यस अघि उक्त फाइन प्रति माइल ५.५० डलर मात्रै रहेको थियो ।

यो नियम पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा नै पारित गर्ने भनिएको थियो । तर कार्य व्यवस्थापनमा ढिलासुस्ताइ हुँदा सन् २०१६ देखिका कारनिर्माताहरुले तिर्नु पर्ने जरिवाना अलमलिएको थियो । यो नियम प्रकाशन गरिएको ६० लिन पछि कार्यान्वयनमा आउने छ । विशेषतः सन् २०२२ पछि निर्माण भएका कारहरुमा यो मापदण्ड लागु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।