रुस-युक्रेन वार्ता सकारात्मक भएपनि आपूर्तिमा कडाई हुँदा बढ्यो कच्चा तेलको मूल्य

0
Shares

रुस र युक्रेनबीच भएको शान्ति वार्तामा दुवै पक्ष सकारात्मक देखिएता पनि कच्चा तेलको आपूर्तिमा कडाई हुँदा अन्तराष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको छ।

साताको सुरुवातमा ओरालो लागेको कच्चा तेलको मूल्य बुधबार बढेको छ । अन्तराष्ट्रिय तेल खरिद तथा बिक्रीकर्ता बे्रन्ट क्रुडले बुधबार ११२.७८ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यसअघि चीनको साङ्घाइमा भएको लकडाउन र रुस–युक्रेन शान्ति वार्ताका लागि तयार हुँदा तेलको मूल्यमा गिरावट आएको थियो ।

त्यसै गरि अमेरिकी तेल खरिद तथा बिक्रिकर्ता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आइ) ले १०५.५३ डलर प्रति ब्यारलमा कारोबार गरेको छ ।

अमेरिकी पेट्रोलियम संस्थानले मार्च २५बाट यता करिब ३० लाख ब्यारल तेल रिलिज गरिसकेको छ र यसरी रिजर्भमा रहेको कच्चा तेल रिलिज गर्दा रिजर्भमा समस्या आएको भन्दै अमेरिकाले आपूर्तिमा कडाइ गरेको छ ।

शान्ति वार्तामा रुसले किभ र अन्य केही सहरहरुबाट आफ्ना सेनाहरु हटाउने आश्वासन दिएको छ । त्यसै सम्बन्धमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिनिस्कीले आफूले आश्वासनमा विश्वास नगरी काममा विश्वास गर्ने बताएका छन् । बार्तामा किभ र राजधानी नजिकका ठाउँबाट सेना हटाउने भनिएको छ तर पूर्वी तथा उत्तरी युक्रेन क्षेत्रबाट सेना हटाउने सम्बन्धी कुरा गरिएको छैन ।

बढेको पेट्रोलियम पदार्थको मूल्यले वार्तामा आएको सकरात्मकतालाई शंकास्पद बनाएको कमनवेल्थ बैंंकका विश्लेषक टोबिन गोरेले बताएका छन् । यसैगरि कच्चा तेल निर्यात देशहरुको संगठन (ओपेक)ले सम्झौता गरे अनुसारको आपूर्ति नगर्दा तेलको मूल्य बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।