सार्वजनिक विदा भएपनि शुक्रबार र शनिबार दुबै दिन आरटीजीएस प्रणाली सुचारु हुने

0
Shares

सार्वजनिक बिदा भएपनि शुक्रबार र शनिबार दुबै दिन रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सुचारु रहने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै शुक्रबार आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन जनाएको छ । यस्तै शनिबार विकास ऋणपत्र २०८३ को १२ औं किस्ता अर्धवार्षिक ब्याज भुक्तानीका लागि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने सूचनामा उल्लेख छ ।

सरकारले घोडेजात्राका अवसरमा शुक्रबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । यस्तै शनिवार सधैं विदा हुँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।