एनआईसी एशिया बैंकका सिईओ न्यौपाने ‘म्यानेजर अफ द इयर २०२२’ बाट सम्मानित

0
Shares

नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘म्यानेजर आफ द इयर २०२२’  बाट सम्मानित गरेको छ ।

चैत्र २६ गते राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ रुपैयाँ पुगेको छ ।

साथै उनले नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहकहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन बैंक सफल भएको छ ।

हाल बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा वस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

२०७८ पौष मसान्त सम्मको बैंकको अवस्था

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।