माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित ‘एमबिएल एम -स्मार्ट’

0
Shares

माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग एप, ‘एमबिएल एम-स्मार्ट’को सुरुवात गरेको छ ।

यस अघि माछापुच्छ्रे मोबाइलमनी एमथ्रि को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि एमबिएल एम स्मार्टको रुपमा शुभारम्भ गरेको बैंकले जनाएको छ ।

विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको एमबिएल एम स्मार्ट एपसेमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले आफै दर्तागर्न सकिने, मोवाईल बाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने छ ।

त्यस्तै नेपाल क्युआर स्क्यानगरी क्यूआर भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण रहेको बैंकको भनाई छ ।

बैंकले एमबिएल एम स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको हो ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।