वाणिज्य बैंकहरुमा एक सातामा ३ अर्ब निक्षेप थपियो, कर्जा प्रवाह २ अर्ब

0
Shares

चालु आर्थिक वर्षको चैत्र महिनाको चौथो सातामा वाणिज्य बैंकहरुमा ३ अर्ब मात्र निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले २ अर्ब कर्जा विस्तार गरेका छन।

गएको साता अर्थात चैत्र १८ गतेदेखि २५ गतेसम्म वाणिज्य बैंकहरुमा तीन अर्ब मात्र निक्षेप थपिएको हो । यस अवधिमा कर्जा प्रवाह २ अर्बले विस्तार भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

चैत्र महिनाको पहिलो सातमा बैंकहरुको निक्षेप तथा कर्जा दुवै घटेको थियो । पहिलो सातामा निक्षेप ५ अर्ब तथा कर्जा लगानीमा ४ अर्बले गिरावट आएको थियो । दोस्रो साता बैंकहरुमा २ अर्ब निक्षेप थपिएको थियो भने २ अर्ब नै थप कर्जा प्रवाह गरेका थिए । त्यस्तै तेस्रो सातामा एक अर्ब निक्षेप उठाएर ६ अर्ब कर्जा प्रवाह गरेका थिए।

चैत लागेयता वाणिज्य बैंकहरुको निक्षेप एक अर्बले बढको छ भने कर्जा पनि ५ अर्बले बढेको छ । बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत्र २५ गतेसम्म बैंकहरुले ४३ खर्ब ३४ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ७७ अर्ब कर्जा विस्तार गरेका छन । गत फागुन मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ३३ अर्ब निक्षेप उठाएर ४१ खर्ब ७२ अर्ब कर्जा विस्तार गरेका थिए ।

बैंकहरुबाट निक्षेप आउन नसकेपछि कर्जा लगानीमा समेत नियन्त्रण गर्दै आएका छन । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि भएकाले नयाँ निक्षेप लिदा समेत कर्जा दिने अवस्था नभएपछि कर्जा प्रवाह रोकिएको छ । त्यस्ता बैंकहरुलाई कर्जा लगानी योग्य रकमको अभावले समेत च्याप्दै लगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।