उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समय एक दिन थपियो

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समय एक दिन थपियो

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनील्े चैत २५ गते शुक्रवारदेखि २ लाख २१ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओ विक्रीकै क्रममा चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा परेकाले आवेदन दिने अवधि एक दिन थप गरी चैत ३० गतेसम्म कायम गरिएको हो ।

कम्पनीको आईपीओ खरिदका लागि सोमवार साझसम्म करिब ९४ गुणा बढी आवेदन परिसकेको छ ।

कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर  १०० अंकित दरको २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २९ चैत २०७८, मंगलबार १० : ५५ बजे