ओपेकले कच्चा तेल आपूर्तिमा कडाइ गर्दा अन्तर्राष्ट्रिय बजारमा बढ्यो मूल्य

0
Shares

पेट्रोलियम पदार्थ आयातकर्ता देशहरुको संगठन (ओपेक) ले कच्चा तेल आपूर्तिमा कडाइ गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

रुस–युक्रेन युद्धका कारण पश्चिमा देशहरुले रुसी कच्चा तेल तथा इन्धनलाई बहिस्कार गरेपछि तेल आपूर्तिमा समस्या उत्पन्न भएको थियो । रुसले प्रति दिन ७ लाख ब्यारल कच्चा तेल बिक्री गरिरहेको थियो । यसैबीच ओपेकले रुसले जति कच्चा तेल उत्पादन गर्छ त्यति उत्पादन गर्न नसक्ने बताएको छ । यसैकारण आपूर्तिमा समस्या आउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हो ।

युद्ध सुरु भएपछि अस्थिर रहेको बे्रन्ट क्रुडले मंगलबार १००.२० डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ । यस अघि ब्रेन्ट क्रुडले ९८.१८ डलर प्रति ब्यारलमा कारोबार गरेको थियो । यसैगरी अमेरिकी तेल बिक्रेता वेस्ट टेक्सास इन्टरमिडियटले ९६.०५ मा कारोबार गरिरहेको छ ।

चीनमा कोभिड–१९ संक्रमण फैलिएपछि साङ्घाइ लगायतका सहरमा निषेधाज्ञा लागू गरिएको थियो । यसैबीच कोभिड–१९ संक्रमणलाई लिएर गरिएका निषेधहरु फुक्का हुँदै गर्दा तेलको माग बढ्न पुगेको छ । पेट्रोलियम पदार्थ उपभोगमा संसारकै दोस्रो ठूलो देश मानिएको चीनमा लकडाउन हुँदा तेलको माग घटेको थियो । जसकारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य केही मात्रामा घटेको थियो ।

चीनका विभिन्न सहरहरुमा लगाइएका निषेधाज्ञा फुकुवा गरिँदै जाँदा र ओपेक अन्तर्गतका देशहरुले रुसले उत्पादन गर्ने जति तेल उत्पादन गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर रहने ओयन्डाका वरिष्ठ मार्केट विश्लेषक एडवार्ड मोयाले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।