आर्थिक संटकमा फसेको श्रीलंकाद्धारा बाह्य ऋण भुक्तानी बन्द

0
Shares

श्रीलंकाको केन्द्रीय बैंकले बाह्य ऋण तिर्न हालको लागि असम्भव र चुनौतीपूर्ण रहेको भन्दै बाह्य ऋण भुक्तानी एकतर्फी रुपमा बन्द गरेको छ ।

आयातमा निर्भर रहेको श्रीलङ्काले इन्धन तथा अत्यावश्यक सामाग्रीको खरिदमा रिजर्भबाट विदेशी मुद्रा प्रयोग गर्ने भएकोले बाह्य ऋण भुत्तानी बन्द गरेको हो ।

सन् २०२० बाट विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ र त्यसले अर्थतन्त्रमा पार्ने असर न्युनिकरण गर्न करमा छुट दिँदा श्रीलंकाको विदेशी मुद्रा रिजर्भ दुई तिहाइले सकिसकेको छ ।

अत्यावश्यक सामग्री जस्तै इन्धन, खाद्यान्न, औषधी जस्ता सामग्रीको आपूर्ति हुन नसक्दा जनताले सडक तताउन लागेको एक महिनाभन्दा धेरै भइसकेको छ । यसैबीच केन्द्रीय बैंकका गर्भनर, पी नन्दलाल वीरासिङगेले वर्तमान अवस्थामा बाह्य ऋण भुक्तानी गर्न असम्भव भएका कारण यसबारे चिन्ता नगरी अत्यावश्यक सामाग्रीको आयात कसरी गर्ने भन्नेबारे सोच्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय ऋणदाता र अन्तराष्ट्रिय मुद्रा कोषसँगको ऋण सहयोग कार्यक्रममा देशले सम्झौता नगर्दा सम्मका लागि बाह्य ऋण भुक्तानी बन्द गरेको वीरासिङगेले एक विज्ञप्ति जारी गरि सूचना दिएका छन् । श्रीलंकाको करिब ४ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय ऋण रहेको छ । जसअन्तर्गत १ अर्ब अन्तर्राष्ट्रिय सभरेन बोन्ड छ । उक्त बोन्डको म्याचुरेसन आगामी जुलाईमा हुँदै छ ।

“वर्तमान अवस्थामा जे भइरहेको छ , त्यो अपरिहार्य नै रहेको छ । केन्द्रिय बैंकले लिएको निर्णयले अर्थतन्त्रमा सकरात्मक असर पार्ने छ । यसले बाह्य ऋण तिर्न राखेको रिजर्भ जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि प्रयोग गर्न सक्छ ।” जेबी सेक्युरिटिजका प्रमुख कार्यकारी मुर्ताजा जेफर्जीले बताएका छन् ।

श्रीलंकाको यस निर्णयले २५ अर्ब डलर बराबरको दुई पक्षिय तथा व्यवसायी ऋणको भुक्तानी बन्द गरेको छ । यस निर्णय अन्तर्गत १२ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय सभरेन बोन्ड पनि पर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।