नयाँ वर्षमा कार किन्नेलाई यी कम्पनीले दिँदैछन् नगद छुटदेखि धमकेदार अफर

0
Shares

नयाँ वर्षको अवसर पारेर विभिन्न कम्पनीले नयाँ नयाँ योजनाहरु सार्वजनिक गरेका छन । यसै क्रममा चार पांग्रे सवारीसाधनका केही बिक्रेता कम्पनीहरुले नगद छुटदेखि धमकेदार अफरसम्मका योजना सार्वजनिक गरेका छन ।

हुन्डाई

हुन्डाई कम्पनीले नयाँ आउँदै गरेको नयाँ वर्ष २०७९ को अवसरमा आफ्नो स्कीम सार्वजनिक गरेको छ ।

हुन्डाई कम्पनीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ नामक योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म, मोडल इयर छुट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्यांन र स्पट एक्सचेन्जमा एक वर्षको लागि निशुल्क बीमा र सडक कर छुट प्रदान गर्नेबारे समेत योजनामा उल्लेख छ ।

निसान

निसान गाडीको कम्पनीले पनि नयाँ वर्षका लागि धमाकेदार अफर सार्वजनिक गरेको छ ।

कम्पनीले निसानका गाडी किन्दा ३ लाख ५० हजार रुपैयाँ नगद छुट अफर सार्वजनिक गरेको हो ।

यस्तै कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको जानकारी दिएको छ ।
सो अफर आगामी वैशाख १७ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

सुजुकी

नयाँ वर्षको अवसरमा सुजुकिको कार किन्दा विशेष अफर प्राप्त हुने भएको छ । कम्पनीले नयाँ वर्ष लक्षीत गर्दै नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नयाँ बर्षको योजना सार्वजनिक गरेको हो ।

यस योजनामा कम्पनीले कार किन्दा दुई लाख रुपैयाँ बराबरको नगद छुट दिने छ ।

यस्तै एक वर्षको सवारी बीमा, १ लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस र स्क्रयाच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म छुट दिने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।