सेञ्चुरी कमर्सियल बैंकको निष्कृय कर्जा घट्दा नाफामा छलाङ्ग, निक्षेप घट्यो

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब बढी खुद नाफा गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। ठूलो मात्रामा निष्क्रिय कर्जा उकासेपछि बैंकको नाफा १८३ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा २.९६ प्रतिशत रहेको निष्क्रिय कर्जा १.६ प्रतिशतमा झारेको बैंकको इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा उल्लेख्य मात्रमा बढेको हो । बैंकले २७ करोड ८३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ।

बैंकको निक्षेप घटेपनि कर्जा विस्तार बढेको छ । बैंकले कुल ९० अर्ब ५२ करोड ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल ८७ अर्ब २ करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

आधारदर बढाएको बैंकको ब्याज आम्दानी समेत बढेको छ । जसले गर्दा नाफा बढाउन थप टेवा पुगेको हो । बैंकले चालु आबको तेस्रो त्रैमाससम्म कुल २ अर्ब १४ करोड १६ लाख खुद व्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१२।७६ प्रतिशत बढेको छ।

खुद नाफा उच्चदरले बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसाले बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ। बैंकको कर्जा निक्षेप अनुपात ९३.५७ प्रतिशत, पुँजीकोष अनुपात ११.७० प्रतिशत बैंकको बेसरेट ९.६३ प्रतिशत छ ।

बैंकको चुक्ता पूँजी ५.७४ प्रतिशतले ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ८ लाख ९१ हजार रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।