मुक्तिनाथले खुद नाफामा चार वाणिज्य बैंकलाई उछिन्यो,९ महिनामा अर्ब माथि आर्जन

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म चार वाणिज्य बैंकलाई उछिनेको छ । बैंकले लक्ष्मी बैंक, बैंक अफ काठमाण्ठू, सिभिल बैंक, र सेञ्चुरी कमर्सियल बैंकले कमाउकोभन्दा धेरै नाफा आजएन गरेको हो ।

अपरिष्कृत वित्तीय विवरण प्रकाशित अनुसार मुक्तिनाथले चैत मसान्तसम्ममा १ अर्ब २ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा १.४९ प्रतिशतले नाफा बढेको हो ।

खुद ब्याज आम्दानी २६.७९ प्रतिशत बढाएको बैंकको फि शुल्क तथा कमिशन आय भने २०७७ चैतभन्दा १६.७५ प्रतिशतले घटेको छ । चुक्ता पूँजी १७.५८ प्रतिशतले बढाएको बैंकको नाफा पूँजी अनुसार बढ्न नसक्दा इपिएस ३.८१ प्रतिशतले खुम्चिएको छ ।

चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लख रुपैयाँ रहेको मुक्तिनाथ विकास बैंकको वितरण योग्य मुनाफा ५४ करोड ७२ लाख २७ हजार रुपैयाँ रहको छ । बैंकको जगेडा कोष ४.७१ प्रतिशत बढेर २ अर्ब ११ करोड ५२ लाख पुगेको छ ।

चैतसम्म बैंकले ९९ अर्ब १ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १३.९४ प्रतिशत र कर्जा २०.४९ प्रतिशत बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.७९ प्रतिशत बढेर २ अर्ब ४० करोड २३ लाख पुग्दा फि कसिशन आय १६.७५ प्रतिशत घटेर ३८ करोड ८६ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा २.६६ प्रतिशत बढेर १ अर्ब ४६ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

बैकको खराब कर्जा अनुपात ०.१७ प्रतिशत, वार्षिक प्रतिसेयर आम्दानी २४.०६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३७.४१ रुपैयाँ, कस्ट अफ फण्ड ८.५४ प्रतिशत, स्प्रेडदर ४.२५ प्रतिशत, आधारदर १०.४४ प्रतिशत, सिडी रेसियो ८६.५१ प्पतिशत र मूल्य आम्दानी अनुपात १९.५४ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।