रिलायन्स र फ्युचर ग्रुप बीचको ३ अर्ब डलरको सम्झौता रद्द

0
Shares

रिलायन्स र फ्युचर ग्रुपबीच भएको ३ अर्ब ४० करोड डलर बराबरको सम्झौता रद्द भएको छ । फ्युचर ग्रुपका ऋणदाताहरुले उक्त सम्झौतालाई अस्वीकार गरेपछि उक्त सम्झौता रिलायन्स ग्रुपले रद्द गरेको हो ।

फ्युचर रिटेल ग्रुपका कुल ऋणदाताहरु मध्यका ६९ प्रतिशतले उक्त सम्झौतालाई अस्विकार गरेका छन् । तथापि ८६ प्रतिशत सेयर होल्डरहरु भने सम्झौताको पक्षमा रहेका छन् । यसरी सुरक्षित ऋणदाता र केही सेयरहोल्डरहरुले सम्झौताको विपक्षमा मतदान गरेपछि उक्त सम्झौताको प्रक्रिया अघि बढाउन नसकिने रिलायन्स ग्रुपले बताएको छ ।

यस सम्झौतामा फ्युचर ग्रुपको साझेदार रहेको अमेजनले सन् २०२० मा सम्झौताको उल्लङ्खन गरेको भन्दै कानुनी कारबाही अघि बढाएपछि यो सम्झौतामा अवरोध सिर्जना भइरहेको थियो । फ्युचर गु्रपमाथि लगाइएका कुनै पनि आरोपहरुलाई फ्युचर ग्रुपले अस्वीकार गर्दै आएको छ ।

अमेजनसँगको कानुनी लडाइँमा फ्युचर ग्रुप सर्वोच्च अदालत हुँदै सिङ्गापुरको मध्यस्तता प्यान्ल सम्म पुगेको थियो । यसै कानुनी प्रक्रियामा अमेजनले फ्युचरले रिलायन्ससँग अघि बढाएको सम्झौता रोक्ने आदेश समेत पाएको थियो ।

अर्बपति मुकेश अम्बानीको रिलायन्स कम्पनी भारतको नम्बर वान रिटेल बिक्रेता रहेको छ । यसैगरी किशोर वियानीद्धारा सञ्चालित फ्युचर्स गु्रप फेसन तथा रिटेलको क्षेत्रमा अग्रणी स्थानमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।