नेपाली युवा उद्यमी मञ्चले महिला–युवा उद्यमी सम्मेलन २०२२ आयोजना गर्ने

नेपाली युवा उद्यमी मञ्चले महिला–युवा उद्यमी सम्मेलन २०२२ आयोजना गर्ने

नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) उद्यमशीलताको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो । यस संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यक्रमको रुपमा आयोजना गर्दै आएको छ ।

सोही अन्तर्गत यही मिति २०७९ वैशाख १० गतेका दिन हायात प्लेश काठमाडौंमा यसै कार्यक्रमको आयोजना गरियोे । सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना ब्यवसायीे शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न यूवा महिला तथा पुरुष उद्यमीहरुको, साथै उद्धमी बन्न चाहने बिधार्थीहरुको पनि सहभागिता रहेको थियोे ।

यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यक्रमको नारा वियोण्ड ब्यारीयर्स राखिएको थियोे ।सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार १७ : ५९ बजे