बैंकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) बढाउन थाले

0
Shares

बैंकिङ प्रणालीको निक्षेपमा सुधार हुन नसकेपछि बैंकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) बढाउन थालेका छन । बैंक तथा वित्तीय संस्थाहरुले आइतबार एकै पटक ३८ अर्ब १४ करोड ८० लाख रुपैयाँ एसएलएफ लिएका छन ।

पछिल्ला केहि दिन यता बैंकहरुको एसएलएफ बढाउँदै लगेका छन । गत विहीबार ३० अर्ब ४८ करोड एसएलएफ लिएका बैंकहरुले शुक्रबार ३० अर्ब ५५ करोड उठाएका थिए । आइतबार मात्रै नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्थालाई २१ पटक गरेर ३८ अर्ब ४८ करोड स्थायी तरलता सुविधा एसएलएफ प्रदान गरेको छ ।

बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएपछि चालु आर्थिक वर्षको वैशाख ११ गतेसम्ममा बैंकहरुले ६१ खर्ब १२ अर्ब २५ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा ९एसएलएफ० मार्फत रकम उठाएका छन । बैंकहरुले ३ हजार २४६ पटकमा यो रकम उठाएका हुन ।

चालु आवको वैशाख ११ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ४९ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रेहको छ भने वाणिज्य बैंकहरुमा ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप छ । यस अवधिमा कुल ४५ खर्ब २७ अर्ब कर्जा लगानी भएको छ । यसवअधिमा कुल कर्जा लगानी ४७ खर्ब २२ अर्ब छ भने वाणिज्य बैंकहरुले ४१ खर्ब ९० अर्ब कर्जा लगानी गरेका छन ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । अहिले अधिकांस बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत माथि छ । राष्ट्र बैंकका अनुसार यस्तो अनुपात औषतमा ९०.४३ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको कुल लगानीको ९० प्रतिशतसम्म राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिन पाउँछन । एसएलएफ बढीमा एक साताका लागि मात्र पाइने सापटी हो । तर आफ्नो सीमा पूरा नहुँदासम्म हरेक साता एसएलएफ नवीकरण गर्न पाइन्छ । यसकारण ९० प्रतिशत सीमा नपुगेका बैंकहरूले हरेक साता एसएलएफ नवीकरण गर्दै आएका छन् । ब्याजदर पनि ७ प्रतिशत मात्र तिरे पुग्ने र हरेक साता नवीकरण गर्न पाइने भएपछि अल्पकालीन सापटीको भरमा दीर्घकालका लागि कर्जा प्रवाह गरिरहेको बैंकहरूको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।