नेपाल फाइनान्सको नाफा सर्वाधिक वृद्धि हुँदा बेष्ट फाइनान्सले कमायो सबैभन्दा धेरै

0
Shares

चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेका १४ फाइनान्स कम्पनीमध्ये बेष्ट फाइनान्सले सर्वाधिक नाफा आर्जन गर्दा नेपाल फाइनान्स कम्पनीको खुद नाफा सबैभन्दा धेरै बढेको छ ।

बेष्ट फाइनान्सले चैत्र मसान्तसम्म १५ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको यसै अवधि (२०७७ चैत) मा ७ करोड ११ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले चालु आवको यसै अवधिमा ११४.४८ प्रतिशतले नाफा बढाएको हो ।

यस अवधिमा सबैभन्दा पुरानो फाइनान्स कम्पनी नेपाल फाइनान्सले गत चैतको तुलनामा सर्वाधिक ८१६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । फाइनान्सले चैत मसान्तसम्म ३ करोड २० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २०७७ चैतमा फाइनान्सले जम्मा ३४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा जानकी फाइनान्स कम्पनीले पनि अघिल्लो चैतको तुलनामा २५५ प्रतिशतले खुद नाफा बढाएको छ । विसं २०७७ चैतमा १ करोड ४७ लाख ५६ हजारु खुद नाफा कमाएको यस फाइनान्स कम्पनीले चालु आवको यसै अवधिमा ५ करोड २४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

वित्तीय विवरण सार्वजनिक गरेका ११ फाइनान्सको खुद नाफा भने घटेको छ । नाफा घट्ने फाइनान्स कम्पनीहरुमा मञ्जुश्री, गोर्खाज, रिलायन्स, पोखरा, प्रोगेशिभ, समृद्धि, गुहेश्वरी मर्चेन्ट, सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स, गुडविल फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड रहेका छन् । यी फाइनान्सको नाफा १० देखि ७० प्रतिशतसम्म घटेको छ ।

Finance Company Net Profit in Thousand
S.N. Symbol 2078 Chaitra 2077 Chaitra Change %
1 BFC 152693.56 71190.92 114.48
2 ICFC 123998.44 177950.63 -30.32
3 MFIL 113036.00 375166.00 -69.87
4 GFCL 110837.58 150092.54 -26.15
5 GUFL 94928.55 273752.20 -65.32
6 SIFC 71094.61 79283.58 -10.33
7 JFL 52483.85 14756.51 255.67
8 PFL 48214.78 108404.04 -55.52
9 CFCL 41442.16 70684.85 -41.37
10 GMFIL 40612.00 75886.00 -46.48
11 RLFL 38288.00 86833.00 -55.91
12 NFS 32065.00 3499.00 816.40
13 PROFL 16052.08 35972.08 -55.38
14 SFCL 2828.00 5402.00 -47.65
Total 938574.61 1528873.35 -38.61

 

खुद नाफाका आधारमा बेष्टपछि आईसीएफसी फाइनान्सले दोस्रो ठूलो नाफा आर्जन गरेको छ । फाइनान्सले १२ करोड ३९ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यसैगरी मञ्जुश्री फाइनान्सले ११ करोड ३० लाख ३६ हजार र गुडविल फाइनान्सले ११ करोड ८ लाख ३७ हजार नाफा कमाएको छ । बाँकी फाइनान्सको नाफा दश करोडभन्दा कम छ ।

विसं २०७८ चैत मसान्तसम्म गोर्खाज फाइनान्स ९ करोड ४९ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्स ७ करोड ११ लाख, जानकी फाइनान्स ५ करोड २५ लाख, पोखरा फाइनान्स ४ करोड ८२ लाख, सेन्ट्रल फाइनान्स ४ करोड १४ लाख, गुहेश्वरी मर्चेन्ट ४ करोड ६ लाख, रिलायन्स फाइनान्स ३ करोड ८३ लाख, नेपाल फाइनान्स ३ करोड २० लाख, प्रोगेशिभ फाइनान्स १ करोड ६० लाख र समृद्धि फाइनान्सले सबैभन्दा कम २८ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चौध मध्ये एघार फाइनान्सको नाफा घट्यो, ९ महिनामा ९४ करोड आर्जन

चालु आर्थिक वर्ष २०७८।७९को तेस्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेका १४ फाइनान्स कम्पनीमध्ये १२ वटाको खुद नाफा अघिल्लो चैतको तुलनामा घटेको छ ।

विसं २०७७ चैतसम्म १ अर्ब ५२ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका फाइनान्स कम्पनीहरुको नाफा ३८.६१ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा फाइनान्स कम्पनीको खुद नाफा ५९ करोड ३ लाख रुपैयाँ घटेर विसं २०७८ चैत मसान्तसम्म ९३ करोड ८५ लाख ७४ हजार रुपैयाँमा संकुचित बनेको छ ।

बलिया र व्यवसायीक ददृष्टिले अब्बल रहँदै आएका सबै फाइनान्स कम्पनीको खुद नाफामा उच्च गिरावट आएको छ । यस अवधिमा मध्यम तीन फाइनान्सले मात्र गत आवको यसै अवधिको तुलनामा नाफा बढाएका छन् ।

वित्तीय विवरण अनुसार नेपाल फाइनान्सले सर्वाधिक अघिल्लो चैतको तुलनामा ८१६ प्रतिशतले नाफा वृद्धि गरेको छ । यस्तै जानकी फाइनान्सले २५५ प्रतिशत र बेष्ट फाइनान्सले ११४ प्रतिशतले खुद नाफा बढाएको छ । अन्य ११ फाइनान्सको नाफा घटेको छ ।

Finance Company Net Profit in Thousand
S.N. Symbol 2078 Chaitra 2077 Chaitra Change %
1 MFIL 113036.00 375166.00 -69.87
2 GUFL 94928.55 273752.20 -65.32
3 RLFL 38288.00 86833.00 -55.91
4 PFL 48214.78 108404.04 -55.52
5 PROFL 16052.08 35972.08 -55.38
6 SFCL 2828.00 5402.00 -47.65
7 GMFIL 40612.00 75886.00 -46.48
8 CFCL 41442.16 70684.85 -41.37
9 ICFC 123998.44 177950.63 -30.32
10 GFCL 110837.58 150092.54 -26.15
11 SIFC 71094.61 79283.58 -10.33
12 BFC 152693.56 71190.92 114.48
13 JFL 52483.85 14756.51 255.67
14 NFS 32065.00 3499.00 816.40
Total 938574.61 1528873.35 -38.61

 

विसं २०७८ चैतसम्म मञ्जुश्री फाइनान्सको खुद नाफा सबैभन्दा धेरै करिब ७० प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा सबैभन्दा धेरै खुद नाफा आर्जन गरेको फाइनान्सको नाफा समीक्षा अवधिमा सबैभन्दा धेरै घटेको छ । गत वर्ष फाइनान्सले अन्य आम्दानी धेरै गर्दा उच्च नाफा गरेको थियो । हाल उक्त शीर्षकको नाफा घटेसँगै खुद नाफामा पहिरो नै गएको हो ।

यसैगरी गोर्खाज फाइनान्स ६५ प्रतिशत, रिलायन्स फाइनान्स ५६, पोखरा फाइनान्स ५५, प्रोगेशिभ फाइनान्स ५५, समृद्धि फाइनान्स ४७ प्रतिशत, गुहेश्वरी मर्चेन्ट ४६, सेन्ट्र फाइनान्स ४१, आईसीएफसी फाइनान्स ३०, गुडविल फाइनान्स २६ र श्री इन्भेष्टमेन्ट फाइनान्सको खुद नाफा १० प्रतिशत भन्दा धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।