नेपालमै अन्तर्राष्ट्रिय स्तरको पठनपाठन हुने इम्पेरियल वर्ल्ड स्कुल, किताबी ज्ञान भन्दा व्यवहारिक शिक्षामा जोड

0
Shares

आफ्ना छोराछोरी शिक्षा कै लागि विदेशिँदा कहिल्यै तपाईको मनमा विदेशमा हुने पठन-पाठन नेपाल मै हुने भएको भए कस्तो हुन्थ्यो भन्ने सवाल आएको छ ? यस्तै सवालहरुको जवाफ लिएर नेपालमै अन्तर्राष्ट्रिय स्तरको पठनपाठन गराउने उद्देश्यका साथ इम्पेरियल वर्ल्ड स्कुलको स्थापना भएको छ ।

सन् २०१० मा स्थापना भएको इम्पेरियल वर्ल्ड स्कुल बुढानिलकण्ठको हात्तीगौडामा अवस्थित छ । शान्त तथा सुरक्षित वातावरणमा अध्ययन अध्यापन गराइने यस विद्यालयमा बेलायत र नेपालको पाठ्यक्रम संयोजन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने गरेकाे छ ।

नयाँ शैक्षिक सत्र सुरु हुँदा आफ्नो बालबालिकालाई कहाँ पढाउने, कस्तो ठाउँमा पढाउने भन्ने चिन्ता अभिभावकमा हुने गर्छ । अभिभावकका सम्पूर्ण चिन्ताको हटाउने इम्पेरियल वर्ल्ड स्कुल रहेको छ । शान्त वातावरण, अन्तर्राष्ट्रिय स्तरको पठनपाठन, उच्च सुरक्षा, अत्याधुनिक ल्याब, पुस्तकालय रहेको यस स्कुलले किताबी ज्ञान मात्र नभई व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेर सञ्चालनमा रहेको छ ।

भूकम्प प्रतिरोधी संरचना

भुकम्पको जोखिम भएका देशहरुको सूचीमा नेपाल रहेको छ । अतः विद्यार्थीलाई पूर्ण रुपमा सुरक्षित भवनमा पठनपाठन गराउन २२ रोपनी जग्गामा फैलिएको यो स्कुलका भवनहरु भूकम्प प्रतिरोधक र विद्यार्थीमैत्री रहेका छन् । साना नानीबाबुहरुलाई कंक्रिटबाट निर्माण गरिएका भवन वरिपरि डुल्दा, खेल्दा चोटपटक लाग्न सक्छ भनी कंक्रिट रहित भवनहरुको निर्माण गरेको स्कुलकी सञ्चालक जुनिता शाही कार्की बताउँछिन् ।

यसैगरी अग्ला भवनहरुमा तल माथि गर्न विद्यार्थीहरुलाई समस्या पर्ने हुँदा एक तले भवनको निर्माण गरिएको छ । यस विद्यालयका सम्पूर्ण संरचना अपाङ्गमैत्री रहेका छन् । अपाङ्गता भएका विधार्थीका लागि छुट्टै शौचालयको व्यवस्था समेत छ ।

विश्वस्तरिय शिक्षण विधि

इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाई हुने गरेको छ । विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्न सक्ने सुसूचित एवं जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्य लिएको स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई परिष्कृत गर्दै सिकाइका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराईरहेको विद्यालयकी सञ्चालक जुनिता शाही कार्कीले जानकारी दिइन् । स्कुलले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गरी नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ । 

नेपालमै पहिलो पटक इम्पेरियल वर्ल्ड स्कुलले अन्तराष्ट्रिय प्राथमिक पाठ्यक्रम (आइपीसी) र अन्तर्राष्ट्रिय मध्य वार्षिक पाठ्यक्रम (आइएमवाइसी) अन्तर्गतका शिक्षण विधिहरुको अवलम्बन गरी शिक्षण प्रक्रिया अघि सारेको छ । विद्यार्थीलाई पारम्परिक रटन्ते विधिबाट नभई नवीन प्रविधि तथा प्रणालीको प्रयोग गरी अध्यापन गराइरहेको कार्कीले जानकारी दिइन् ।

विद्यार्थीलाई किताब रट्ने भन्दा पनि किताबमा भएको ज्ञानलाई कसरी दैनिक जीवनमा लागू गर्ने र दैनिक जीवनमा आइपर्ने समस्याहरुसँग जुध्नको लागि विद्यार्थीलाई कसरी तयार गर्ने भन्ने तर्फ स्कुलले मुख्य रुपमा ध्यान दिएको उनको भनाई छ ।

विद्यार्थीको सिर्जनशीलता, विशेषणात्मक क्षमता तथा बौद्धिक विकासलाई यस स्कुलले प्राथमिकतामा राखेको छ । यसै सन्दर्भमा जुनीता भन्छिन्, “विद्यार्थीमा असङ्ख्य ज्ञान हुन्छ । हामीले विद्यार्थीहरुमा भएको ज्ञान र किताबमा भएको ज्ञानलाई एकसाथ ल्याउने कोसिस गर्छौं । जसले गर्दा विद्यार्थीमा कौतुहलता, प्रश्न सोध्ने बानी तथा आफैँ नयाँ कुराको खोजी गर्ने क्षमता विकास हुन्छ ।”

संसार सूचना तथा सञ्चार प्रविधि (आइसीटि) तर्फ अघि बढ्दै गर्दा विद्यार्थीलाई आइसीटि सम्बन्धी ज्ञान दिन र प्रविधिमा पोख्त बनाउन हरेक कक्षा कोठामा प्रोजेक्टर, इन्टरनेटको सुविधा रहेको छ । यति मात्रै नभई विश्व र नेपालको भुगोल तथा इतिहासको बारेमा विद्यार्थीहरुलाई बुझाउन इतिहास र भुगोलका विभिन्न स्थान र घटनाको अभिलेखबाट अध्यापन गराइन्छ ।

यसैगरी यस स्कुलमा विद्यार्थीहरुको स्व:अध्ययन रुचि वृद्धि गर्नको लागि १० हजार भन्दा बढी पुस्तक रहेको पुस्तकालय, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब, म्याथ ल्याब समेत रहेका छन् । कार्कीका अनुसार, अन्तरक्रिया गर्न सक्ने, क्रिटिकल थिङ्किङ गर्ने, विश्लेषण गर्न सक्ने, बच्चाहरूलाई सानैबाट टिमवर्कमा काम गर्न सक्ने, आत्मविश्वासी बनाउने गरी स्कुलले आफ्नै पाठ्यक्रम पनि तयार गर्दैछ ।

अनुभवी र तालिमप्राप्त शिक्षक/शिक्षिका

धेरै बालबालिका जम्मा गर्ने भन्दा पनि सीमित विद्यार्थीलाई उच्च गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ यस स्कुल अग्रसर भएको छ । यस स्कुलमा शैक्षिक रुपमा योग्य र अध्यापनको क्षेत्रमा लामो समयसम्म काम गर्दै आएका शिक्षक शिक्षिकाले अध्यापन गराउने गरेका छन् । शैक्षिक योग्यता र अनुभवमात्र नहेरी शिक्षक शिक्षिकाको नियुक्तिमा उनीहरुको अध्यापन प्रतिको लगाव, बालबालिका प्रतिको मायालाई पनि ध्यानमा राख्ने गरेको सञ्चालक कार्कीको भनाई छ ।

अन्तर्राष्ट्रिय पाठ्यक्रम समायोजन गरी अध्यापन गराइने हुँदा शिक्षक शिक्षिकाहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको तालिम आवश्यकता अनुसार दिँदै आएको उनले थपिन् । यस स्कुलमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुको सङ्ख्या ३० रहेको छ ।

अन्तर्राष्ट्रिय शिक्षा प्रणालीमा रहेर पढाउन नेपालका शिक्षकलाई गाह्रो पर्ने भएकाले स्कुलले तालीमको व्यवस्था गर्ने गरेको छ । नेपालमा रहेका अनुभवी प्राध्यापकबाट शिक्षकलाई तालिम दिइने गरिन्छ । प्राय: जसो काठमाण्डौं विश्वविद्यालयका प्राध्यापकहरूसँग सहकार्य गर्ने गरेको कार्की बताउँछिन् ।

स्वादिष्ट र पोषणयुक्त खाना

यस स्कुलको क्यान्टिनमा पाइने सबै खाना पोषणविद्सँग परामर्श गरी डिजाइन गरिएको छ । यस क्यान्टिनमा प्रयोग हुने तरकारीहरु विषादी रहित रहेको र प्रयोग हुने तेल सिधै मिलबाट ल्याउने गरेको व्यवस्थापनको दाबी छ । स्कुलको क्यान्टिनमा पाइने खाना अति नै स्वादिष्ट र पोषणयुक्त हुने हुँदा कतिपय विधार्थीहरुले घरमा पनि त्यस्तै खाना बनाउन आग्रह गर्ने गरेको विद्यालय व्यवस्थापनको भनाई छ।

यस स्कुलमा पोषणविदहरूद्धारा प्रमाणिकरण गरिएका खाजा खानाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । क्यान्टिन, नर्स, काउन्सीलरको व्यवस्थाले विद्यार्थीको पढाइ मात्रै नभई मानसिक अवस्था र स्वास्थ्यको समेत ख्याल गर्ने गरेको विद्यालय व्यवस्थापन बताउँछ।

अतिरिक्त क्रियाकलाप

विद्यार्थीलाई पठनपाठनमा मात्रै नभई खेलकुदमा पनि निपूर्ण गराउने उद्देश्यले यस स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापको पनि आयोजना गर्ने गरेको छ । विद्यार्थीहरुले पढेर भन्दा पनि देखेर, महशुस गरेर छिटो सिक्छन् भन्ने उद्देश्यका साथ काठमाण्डौं उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा भ्रमण गराउने गरेको छ ।

जीवनयापनका क्रममा आवश्यक पर्ने कलाको विकासका लागि स्कुलले विभिन्न कार्यक्रमहरुको विकास गरेको छ । विश्वव्यापी रुपमा बोलिने अङ्ग्रेजी भाषाको महत्वलाई बुझेर यस स्कुलले इङ्गलीस प्रोफिसेन्सी प्रोग्राम सञ्चालन गरेको छ ।

यसका साथै विद्यार्थीका अन्तरनीहित प्रतिभाको उजागर गर्न इम्पेरियल वर्ल्ड स्कुलले नृत्य तथा संगीत कक्षा सञ्चालन गरेको छ । विद्यार्थीको खुवाइ प्रवृत्तिलाई थप सुसज्जित बनाउन यस स्कुलले डाइनिङ एटिक्युट कक्षा पनि सञ्चालन गरेको छ । यसका साथै स्कुलमा नै फुटबल, टेबल–टेनिस, ब्याडमिन्टन कोर्टको सुविधा रहेको छ । जहाँ विद्यार्थीहरु आफूलाई मन लागेको खेल खेल्ने गर्छन् ।

यसका अत्तिरिक्त विद्यार्थीको मानसिक स्वास्थ्यको बारेमा ख्याल गर्दै काउन्सिलर र नर्सको समेत व्यवस्था गरिएको छ । एक विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा सहित अभिभावकहरुको सम्पूर्ण चिन्ता र जिज्ञासालाई मेटाउने गन्तब्य इम्पेरियल वर्ल्ड स्कुल बनेको छ । प्राकृतिक कुराहरूबारे पढ्दा प्रत्यक्ष अनुभूति गराउन विद्यालयमा बगैँचा, तरकारीको फार्मजस्ता संरचना तयार गरिँदै छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।