विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न महासंघको आग्रह

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालको उल्लेख गर्दै विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ ।

मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक विना कुनै पूर्व सूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुुगेका छन् । यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको महासंघले जनाएको छ ।

चर्को लोडसेडिङले अब उद्योग संचालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउंदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रह सहित सयौं उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएको बताएको छ ।लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने महासंघको भनाई छ ।

उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हु“दा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सा“वा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघ सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटकपटक गरेको प्रतिवद्धताको महासंघ स्मरण गराउन चाहन्छ । यसले मुुलुुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिनेमा हाम्रो चिन्ता छ । एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थपचिन्ता प्रकट गरेको छ । महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउने छ । विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यातनै प्रभावित हुनेछ । विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग संचालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भव प्राय छ र त्यसरी उत्पादन गरेका वस्तुु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने महासंघको विश्लेषण छ ।

अतः विद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतसंग छलफल गरी नेपाललाई दिंदै आएको विजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्व पहल गर्न महासंघ गम्भीर आग्रह गर्दछ । त्यस्तै उद्योगहरूमा विद्यतु कटौती हुने तालिका सार्वजनिक गर्न र विजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन महासंघको जोड दिएको छ ।

यसैगरी निजी क्षेत्रका ऊर्जा उत्पादकहरूस“ग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुु पर्ने, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समक्ष गम्भीर आग्रह गरेको छ ।

चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लो पटक भोग्नुु परेको उर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउनेतर्फ सचेत गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।