दुई अर्ब विदेशी मुद्रा निक्षेप बढ्दा बैंकहरुको औसत सीडी रेसियो ९१% तल

0
Shares

चालु आर्थिक वर्षको वैशाख महिनाको दोस्रो साता वाणिज्य बैंकको औसत कर्जा निक्षेप अनुपात ९१ प्रतिशत भन्दा तल झरेको छ । बैंकहरुका निक्षेप नथपिए पनि कर्जा निक्षेप अनुपात घटेको हो ।

बैंशाख महिनाको दोस्रो साता मात्र ९१ भन्दा माथि रहेको बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशतमा झरेको हो । बैंशाख महिनाको दोस्रो सातामा बैंकहरुबाट एक अर्ब स्वदेशी निक्षेप बाहिरएिको छ भने २ अर्ब विदेशी मुद्राको निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरुले ३ अर्ब रुपैयाँले कर्जा लगानी बढाएका छन् ।

बैंशाख महिनाको एक गतेको तुलनामा १६ गतेसम्ममा वाणिज्य बैंकहरुबाट २१ अर्ब निक्षेप बाहिरिएको छ भने यस अवधिमा बैंकहरुको स्थीर अवस्थामा रहेको छ ।

बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको वैशाख १६ गतेसम्म बैंकहरुले ४३ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ९७ अर्ब कर्जा विस्तार गरेका छन । गत चैत्र मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ८९ अर्ब निक्षेप उठाएर ४१ खर्ब ९७ अर्ब कर्जा विस्तार गरेका थिए ।

बैंकहरुबाट निक्षेप आउन नसकेपछि कर्जा लगानी ठप्प जस्तै छ । वैशाख लागेपछि बैंकहरुबाट निक्षेप बाहिरिएको छ । निक्षेप बढाउन नसक्ने बैंकहरुलाई कर्जा लगानी योग्य रकमको अभावले समेत च्याप्दै लगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।