रुसले विशेष अफर दिएपनि एसियाली राष्ट्रहरुले अमेरिकी कच्चा तेल खरिद गर्दै

0
Shares

रुसले कच्चा तेलमा दिएको विशेष सहुलियत दिएपनि एसियाली राष्ट्रहरुले अमेरिकी कच्चा तेलको खरिदमा वृद्धि गरेका छन् ।

रुसले युक्रेनमा सुरु गरेको विशेष सैनिक अप्रेसन पछि पश्चिमा देशहरुले रुसी तेलको उपभोगमा प्रतिबन्ध लगाउँदै आएका छन् । उक्त प्रतिबन्धका कारण विश्वव्यापी रुपमा इन्धनको अभाव सिर्जना भएको छ ।

इन्धन अभाव नहोस् भनी अमेरिकाले रिजर्भमा राखेको कच्चा तेल रिलिज गरिरहेको छ । रुसी तेललाई  र पश्चिमा देशहरुले प्रतिबन्ध लगाएपछि रुसको व्यापार एसिया तर्फ बढेको छ ।

रुसले एसियाली राष्ट्रहरुलाई विशेष सहुलियतमा तेल आयात गर्दै आएको छ । यद्यपि एसियाली राष्ट्रहरुले अमेरिकाबाट गरिने तेल आयातको मात्रामा वृद्धि गरेका छन् । युद्ध सुरु हुनु अगावै अमेरिकाबाट प्रतिदिन ९० हजार ब्यारल तेल खरिद गर्ने एसियाली राष्ट्रहरुले अहिले सङ्ख्या बढाएर १५ लाख ब्यालर प्रतिदिन पुराएका छन् ।

अरु राष्ट्रहरुले अमेरिकी तेल आयात मात्रा बढाएपनि भारतले अमेरिकी तेल खरिद घटा्रएको छ । युद्ध अघि ४ लाख ७६ हजार ब्यारल प्रतिदिन खरिद गर्ने भारतले आयात घटाएर २ लाख २९ हजार ब्यारल पुराएको छ । अमेरिकाबाट गरिने तेल आयात क्रमिक रुपमा कम गरेपछि भारतले रुसबाट गरिने तेल आयातमा वृद्धि गरेको रोयटर्सले बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।