चैत महिनामा मात्र १५८ अर्बको आयात


चालु आर्थिक वर्षको चैत महिनामा मात्र १ खर्ब ५७ खर्ब ९३ करोड रुपैयाँ बरावरको आयात भएको छ । फागुन महिनामा यस्तो आयात एक खर्ब ८१ अर्ब २७ करोड रुपैयाँ बरावरको थियो ।

सरकारले विलासीका बस्तुहरुमा गरेको नियन्त्रणले चैत महिनाको आयातमा केही कमी आएको हो । चालु आर्थिक वर्षको नौ महिनासम्ममा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १६० अर्ब ५७ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आवको नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई १४६६ अर्ब ६६ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८÷७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३०६ अर्ब ९ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो ।

चालु आवको चैतसम्ममा निर्यात– आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको थियो । चालु आवको चैतसम्ममा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १६७ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा यस्तो आयात १३९ अर्ब २८ करोड रुपैयाँ बराबरको भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।