डलर बलियो भएपछि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्दो क्रममा


गत साता अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले औसत बयाजदर वृद्धि गरेपछि अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न फेडले औसत ब्याजदर बढाएपछि डलर बलियो भएको छ । यसै क्रममा स्पट गोल्ड ०.२ प्रतिशतले कमी हुँदा प्रति औन्स १ हजार ८ सय ४८ दशमलब १५ डलर हुन पुगेको छ । यसैगरी अमेरिकी गोल्ड फ्युचर्स ०.२ प्रतिशतले घटेर १ हजार ८ सय ४९ दशमलब २० डलर प्रति औन्स हुन पुगेको छ ।

सुनको मूल्यमा केही मात्रामा गिरावट आएता पनि बढ्दो मुद्रास्फीति दरले लगानीकर्ताहरुको मनोवल उच्च बनाइरहेको ‘वीइसडम ट्री’का विश्लेषक नितेश शाहले बताएका छन् । फेडरल रिजर्भले नियान्त्रणात्मक मौद्रिक नीति कार्यान्वयन गर्दागर्दै पनि मुद्रास्फीति दर बढ्दै जाँदा आउँदो समयमा औसत ब्याज दर वृद्धि गर्ने डर लगानीकर्तामा रहेको शाहले बताएका छन् ।

यसैगरी सुनको मूल्यमा गिरावट आएसँगै चाँदी १.४ प्रतिशतले घटेर २१.२५ डलर प्रति औन्स हुन पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।