एनएमबि बैंकको ऋणपत्रको बिक्री आज कार्यालय समयपछि बन्द हुँदै

0
Shares

एनएमबि बैंक लिमिटेड (NMB) को ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री आज कार्यालय समयपछि निष्काशन बन्द हुँदैछ ।

बैंकले वैशाख २१ गतेबाट बैंकको एनएमबि ऊर्जा ऋणपत्र (इनर्जी बन्ड–२) को बिक्री खुला गरेको थियो ।

उक्त ऋणपत्रमा जेठ ४ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्ने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

एनएमबिको ऋणपत्रमा लगानीकर्ताले सिडीएससीको मेरो सेयर मोबाइल एप तथा वृवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १४ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ ऋणपत्रको बिक्री खुला गरेको हो । जसमध्ये १४ लाख इकाइ सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने २१ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

एनएमबि बैंकको १५ वर्षे अवधिको ऋणपत्र जारी गरेको हो । जसका लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन्। नेपाल धितोपत्र बोर्डबाट बैंकले उक्त ऋणपत्र बिक्री गर्न गत चैत २ गते अनुमति पाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।