सिद्धार्थ र बैंक अफ काठमाण्डूले पाँच अर्बको ऋणपत्र बिक्री गर्ने

0
Shares

सिद्धार्थ बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले पाँच अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएका छन् ।

सिद्धार्थ बैंक लिमिटेडले ४ अर्ब तथा बैंक अफ काठमाण्डू लिमिटेडले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

ऋणपत्र निष्कासन गर्नका लागि सिद्धार्थ बैंकले ४० लाख कित्ता र बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । ऋणपत्र निष्काशनका लागि सिद्धार्थ बैंकले वैशाख २५ गते र बिओकेले बैशाख २६ गते निवेदन दिएको हो ।

कुल ४० लाख कित्तामध्ये सिद्धार्थ बैंकले १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ब्याक्तिगत तबरबाट बिक्री गर्नेछ । सिद्धार्थ बैंकले दश वर्ष अवधिको लागि वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै बैंक अफ काठमाण्डू लिमिटेडले कुल ११ लाख कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख ६० हजार कित्ता व्याक्तिगत तबरबाट बिक्री गर्नेछ । बिओकेले ७ वर्षका लागि वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बिओकेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

धितोपत्र बोर्डबाट ऋणपत्र बिक्री गर्न स्वीकृति पाएपछि दुबै बैंकले उक्त ऋणपत्र बिक्रीमा ल्याउनेछन् । वित्तीय प्रणालीमा अझै पनि तरलता संकटको अवस्थामा नै रहेका कारण दीर्घकालीन स्रोत परिचालनका लागि बैंकहरुका लागि ऋणपत्र बैकल्पिक माध्यम बन्न थालेको छ ।सोही अनुसार पछिल्ला दिनहरुमा बैंकहरुले पनि ऋणपत्र जारी क्रम बढाउँदै लगेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।