थप तीन हाइड्रोले आइपीओ जारी गर्न बोर्डमा दिए आवेदन

थप तीन हाइड्रोले आइपीओ जारी गर्न बोर्डमा दिए आवेदन

विभिन्न तीन हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन ।

बोर्डका अनुसार पछिल्लो चरणमा माया खोला हाइड्रोपावर, मकर जीतुमाया सुरी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन गरेका हुन ।

जसमा सबैभन्दा धेरै माया खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३४ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले पनि आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

यस्तै, मकर जीतुमाया सुरी हाइड्रोपावर कम्पनीले पनि आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल २२ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ७ जेठ २०७९, शनिबार १३ : २४ बजे