विश्व बैंकसँग ३३ अर्ब ऋण लिन वार्ता समिति, स्विस सरकारबाट आयो ८६ करोड सहयोग

0
Shares

सरकारले विश्वबैंकबाट ३३ अर्ब रुपैयाँ ऋण लिन वार्ता समिति बनाएको छ।

मन्त्रिपरिषदको बैठकले यातायात तथा व्यापार क्षेत्र वृद्धिको लागि ऋण सहायता लिन वार्ता समिति बनाएको हो।

सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात् करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता सम्बन्धमा वार्ता समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए।

यस्तै, वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सीप क्षमताअभिवृद्धि गर्ने उद्देश्यले स्विस सरकारले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ अनुदान सहयोग दिएको छ।

स्विस सरकारले दिएको सहयोग सरकारले स्वीकार गर्ने निर्णय गरहेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार वैदेशिक रोजगारबाट फर्केकाहरुको पुनः एकीकरण कार्यक्रमअन्तर्गत स्विस सरकारले दिएको सहयोग नेपाल सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।