वायुसेवा कम्पनीहरुलाई काठमाण्डौं बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गरिने


सरकारले आगामी आर्थिक वर्षदेखि वायुसोवा कम्पनीहरुलाई काठमाडौं बाहिरबाट पनि उडान गर्न प्रोत्साहन गर्ने भएको छ । सरकारले नीति तथा कायक्रम मार्फत काठमाडौं भन्दा बाहिरका विमानस्थाललाई समेत चलायमान बनाउन यस्तो नीति लिएको हो ।

सरकारले नीति तथा कार्यक्रममा हवाई सेवालाई विस्तार गर्दै सुरक्षित र गुणस्तरीय बनाउँदै लगिने उल्लेख गरेको छ । उड्डयन क्षेत्रमा अन्तराष्ट्रिय मापदण्डको परिपालना, नियमन क्षमता वृद्धि तथा नवनि प्रविधिको उच्चतम उपयोगलाई समेत प्रोत्साहन गर्ने कार्यक्रम सरकारले ल्याउने जनाएको ।

वायुसेवा कम्पनीहरुलाई काठमाडौं बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गरिने भन्दै सरकारले थप मुलुकसंग हवाई सेवा सम्झौता गरी नेपाली बायुसेवा कम्पनीहरको अन्तराष्ट्रिय बजार विसतार गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०८०÷८१ देखि निर्माण कार्य सुरु गर्ने गरी निजगढ अन्तराष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा टुङगो लगाउने समेत सरकारको कार्यक्रम रहेको छ । निर्माण सम्पन्न भएका क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलहरु पुर्ण सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने समेत सरकारले जनाएको छ ।

चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थालमा सुविधाजनक टर्मिनल निर्माण गर्ने कार्य सुरु गरिने तथा सुर्खेतको भेरीगङगा रामघाटमा नायँ प्रदेशिक विमानस्थाल निमार्ण गरिने सरकारले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।