विकसित मुलुकका केन्द्रीय बैंकहरुले ब्याजदर बढाएसँगै सम्भाव्य आर्थिक मन्दी नहुने संकेत

0
Shares

विकसित मुलुकका केन्द्रीय बैंकहरुले ब्याजदर बढाएसँगै सम्भाव्य आर्थिक मन्दी नहुने अन्तराष्ट्रिय मुद्रा कोषकी प्रथम उप–व्यवस्थापिका निर्देशक गीता गोपीनाथले बताएकी छिन् ।

विश्वव्यापी अर्थतन्त्र अस्थिरता तर्फ ढल्किँदै गर्दा, हालको आर्थिक वृद्धि प्रक्षेपणले सम्भावित विश्वव्यापी आर्थिक मन्दी नहुने संकेत गरेको हो ।

आर्थिक वृद्धिका अन्य बाधकहरुका बीच गीता गोपीनाथले रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, प्रतिबन्धहरु थपिँदै जानु र प्रतिबन्धको प्रतिरोध गर्दै जानुलाई बढी प्राथमिकताका साथ अघि सारेकी छिन्।

वल्र्ड इकोनोमिक फोरुमले लिएको अन्तवार्तामा उनले बढ्दो मुद्रास्फीति, विकसीत बैंकका केन्द्रीय बैंकहरुले बढाएको औसत ब्याजदर, कोभिड–१९ संक्रमणका कारण सुस्ताएको चिनियाँ अर्थतन्त्र, रुस–युक्रेन युद्ध जस्तो कारक तत्वहरुले गर्दा नै आर्थिक वृद्धि दर घटेको बताएकी छिन् । यस्तै विविध कारणहरुले नै जनवरीमा ४.४ प्रक्षेपण गरेको आर्थिक वृद्धि दर अहिले ३.६मा समाहित भएको छ ।

उनी बताउँछिन्, “३.६ प्रतिशत आर्थिक वृद्धि दर कायम भयो भने यसले विश्वव्यापी रुपमा आर्थिक मन्दी हुने अवस्था सिर्जना गर्दैन तर जुन देशहरुमा यसअघिको वर्षमा आर्थिक मन्दी छाएको छ, उक्त देशहरु आर्थिक मन्दीबाट गु्रजिने छन्, जस्तै युरोपका केही राष्ट्रहरु ।”

यसैगरी हालका केही वर्षहरुमा मुद्रास्फीति दर केन्द्रीय बैंकहरुले नियन्त्रणमा ल्याउने लक्ष्य लिएको २ प्रतिशत भन्दा उच्च रहने हुँदा, केन्द्रीय बैंकहरुले स्पष्ट योजना बनाइ मुद्रास्फीतिसँग जुझ्नु पर्ने बताएकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।