मुद्रास्फीति नियन्त्रण गर्न दक्षिण कोरियाले पनि औसत ब्याज दर वृद्धि गर्दै

0
Shares

१३ वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रणको लागि दक्षिण कोरियाको केन्द्रीय बैंकले औसत ब्याजदर बढाएको छ ।

मुद्रास्फीति नियन्त्रणका लागि विकसित देशहरुले औसत ब्याज दर वृद्धि गरिरहेका छन् । त्यहि अवधारणा अवलम्बन गर्दै दक्षिण कोरियाको केन्द्रीय बैंकले ०.२५ प्रतिशतले ब्याजदर बढाएको हो ।

यसैगरी बैंक अफ कोरियाले सन् २०२३ को अन्त्य सम्ममा मुद्रास्फीति दर ४.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको छ । रुस–युक्रेन युद्धका कारण इन्धन तथा खाद्य पदार्थको मूल्य वृद्धि भएको हुँदा यस वर्ष मुद्रास्फीति २ प्रतिशतमा पु¥याउन नसकिने केन्द्रीय बैंकले जनाएको छ।

औसत ब्याज दर बढाएर मुद्रास्फीति नियन्त्रण गर्दा आर्थिक क्रियाकलापमा कमी हुँदा आर्थिक वृद्धि दर २.७ प्रतिशत हुने बैंकले अनुमान गरेको छ । यसअघि सन् २०२३को आर्थिक वृद्धि दर ३.० प्रतिशत हुने प्रक्षेपण गरिएको थियो । यसै सम्बन्धमा शीनयोङ सेक्युरिटिजका विश्लेषक चो योङगु भन्छन, “मुद्रास्फीति नियन्त्रण गर्नको लागि सरकारले अहिले नियन्त्रणात्मक कदम लिनु आवश्यक छ । आगामी जुलाई अगस्ट महिनामा औसत ब्याज दर बढा्एर २.५ प्रतिशत पु¥याउन सक्छ । ”
यसैगरी मुद्रास्फीति नियन्त्रणको लागि न्युजिल्यान्डले पनि ०.५ प्रतिशतले औसत ब्याज दर बढाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।