यमाहाको “नियो रेट्रो” बाइक एफजेड–एक्स १५० नेपाली बजारमा

0
Shares

यामाहाको बहुप्रतिक्षित, विशेष सुविधा सम्पन्न पहिलो “नियो रेट्रो” बाइक एफजेड एक्स १५०को बिक्री बितरण नेपाली बजारमा सुरु भएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले यमाहाले आयोजना गरेको “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो । एलसिडी मिटर र ब्लुटूथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको एफ जेड एक्स १५० यामाहाको पहिलो नियो रेट्रो बाइक हो ।

राइड फ्रि अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ । अल न्यू एफजेड एक्स १५०, फ्युल–इन्जेक्टेड (एफआई) र भारत स्टायाण्डर्ड ०६, एयर–कूल्ड, १५० सीसी ब्लू कोर इन्जिन र ५–स्पीड गियर बक्सका साथ निर्माण गरिएको यस मोटरसाइकललाई नेपाली सिनेकर्र्मी अनमोल केसीले समेत टेस्ट राइड गरी मन पराएका छन्।

यसका अतिरिक्त एफजेड–एक्स १५० मोटरसाइकलले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ।

उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको “टू–लेभल सिट”, बलियो “ब्लक प्याट्रन टायर”, फ्रण्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटूथ कनेक्टिभिटीजस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन् । साथै, डिआरएलका साथ बाइ फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिड टेललाइटले बाइकको भिज्यूअललाई थप आकर्षण प्रदान गरेको उनले थपेका छन् ।

नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने भनिएको एफजेड एक्स १५० को मूल्य ४,२६,९०० रहेको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी” पनि सार्वजनिक गरेको छ । “रोड टू मोटोजिपी” यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आइतबारबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।