नेप्सेका सेयरधनीले अझै बुझेनन् २ लाख ७३ हजार लाभांश

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का विद्यमान सेयरधनीहरुले २ लाख ७३ हजार लाभांश बुझ्न नआएपछि नेप्सेले सूचना प्रकाशन गरेर लाभांश बुझ्न आग्रह गरेको छ ।

नेप्सेले आव २०७२/७३ सम्मको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश केही सेयरधनीहरूद्वारा हालसम्म पनि बुझिलिन बाँकी रहेकोले कम्पनी ऐन २०६३, दफा १८२ बमोजिम नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

उक्त लाभांश सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड, यूएनआई शान्ति मार्ग काठमाडौँमा सम्पर्क राखेर आफ्नो वक्यौता नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको “लगानिकर्ता संरक्षण कोष” मा जम्मा हुने व्यहोरा पनि जानकारी गराउँदछौं ।

कसको कति छ बुझ्न बाँकी लाभांश ?

  • गौरिशंकर फाइनाइन्स कम्पनी लिमिटेड २८ हजार १५८ रुपैयाँ
  • ज्वाइन्ट शेयर इन्भेष्टमेन्ट कम्पनी लिमिटेड २८ हजार १५८ रुपैयाँ
  • लायन सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड २८ हजार १५८ रुपैयाँ
  • नेपाल सेयर मार्केटस एण्ड फाइनाइन्स कम्पनी लिमिटेड २८ हजार १५८ रुपैयाँ
  • निखिल सेक्यूरिटिज कम्पनी लिमिटेड २८ हजार १५८ रुपैयाँ
  • ओम सेक्यूरिटिज एण्ड अलाइड सर्भिस कम्पनी लिमिटेड २० हजार ४०६ रुपैयाँ
  • शर्मा सेयर मार्केट कम्पनी लिमिटेड २८ हजार १५८ रुपैयाँ
  • शिव शक्ति स्टक एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड २८ हजार १५८ रुपैयाँ
  • युनाइटेड स्टक एण्ड सेक्यूरिटिज कम्पनी लिमिटेड २८ हजार १५८ रुपैयाँ
  • यती सेक्यूरिटिज लिमिटेड २८ हजार १५८ रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।