चीनको लकडाउनका कारण जापानी अटोमेकर टोयोटाले ‘जून’मा सवारी उत्पादन कटौती गर्दै


चीनको साङ्घाइमा लकडाउन यथावत् नै रहँदा जापानी अटोमेकर कम्पनी टोयोटाले जून महिनामा सवारी उत्पादनमा ५० हजारको सङ्ख्याले कटौती गरेको छ ।

टोयोटाले विभिन्न कारण देखाउँदै उत्पादनमा कटौती गर्दै आएको छ । पहिलो पटक टोयोटाले चीप अभावको कारण देखाउँदै १ लाख सवारी साधनको कटौती गरेको थियो । दोस्रो पटक साङ्घाईमा व्याप्त लकडाउन कारण देखाउँदै टोयोटाले ५० हजार सवारी उत्पादनमा कटौती गरेको हो ।

जापानको सबैभन्दा ठूलो अटोमेकर टोयोटाले जून महिनामा ९ लाख ७० हजार सवारी साधन उत्पादन गर्ने लक्ष्य लिएको थियो । विभिन्न कारण दुई पटक सवारी उत्पादन कटौती गरेपछि टोयोटाको उत्पादन ८ लाखमा समाहित भएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड–१९ मा शून्य सहनशीलता नीति अघि सारेपछि टोयोटा जस्तै अन्य अटोमेकर, ग्याजेट मेकर कम्पनीहरुको उत्पादन ठप्प हुन पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।