वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.४१ प्रतिशत

0
Shares

वाणिज्य बैंकहरुमा स्थानीय तहको निर्वाचनपछि केही निक्षेप थपिएको भएपनि थप कर्जा प्रबाह गर्न सक्ने अवस्थामा भने छैनन् । बैंकहरुले ९० प्रतिशतको सीमामा राख्नुपर्ने कर्जा निक्षेप अनुपात तोकिएभन्दा धेरै भएकाले कर्जा प्रबाह गर्न नसक्ने अवस्थामा पुगेका हुन्।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असारसम्ममा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्छ । चालु आवको ११ महिना अर्थात जेठ १३ गतेसम्ममा पनि बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९०.४१ प्रतिशत रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

आर्थिक वर्षको अन्तिम समयमा बैंकहरुले कर्जा लगानी विस्तार गर्ने भन्दा पनि उठाउनमा केन्द्रीत हुन्छन । त्यसैले पनि चालु आवको जेठ महिनाको दोस्रो सातामा बैंकहरुले ६ अर्ब निक्षेप संकलन गरेर ४ अर्ब कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको पछिल्ला महिनाहरुमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि भएपछि कर्जा लगानी नियन्त्रण गर्दै आएका छन ।

चालु आर्थिक वर्षको जेठ १३ गतेसम्ममा वाणिज्य बैंकहरुले ४३ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सो अवधिमा बैंकहरुले ४१ अर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन । जेठ महिनाको दोस्रो सातामा विदेशी मुद्राको निक्षेप तथा कर्जामा कुनै परिवर्तन आएको छैन ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।