पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५३ रुपैयाँ कामय भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८००, हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १६६ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।