वाईवाईको साम्राज्य फैलँदै, इजिप्टमा प्लान्ट खुल्दै

0
Shares

चौधरी ग्रुपले इजिप्टमा पनि चाउचाउ उत्पादन सुरु गर्ने भएको छ । अहिले नेपाल, भारत लगायत विभिन्न देशमा चाउचाउ उत्पादन गरिरहेको ग्रुपले इजिप्टको कायरोमा पनि उधोग खोल्ने भएको हो ।

चौधरी ग्रुपले अन्तर्राष्ट्रिय रूपमा समेत ख्यातीप्राप्त चाउचाउ ब्रान्ड वाईवाई इजिप्टबाट पनि उत्पादन गर्नका लागि ग्राउन्ड ब्रेकिङ फ्ल्यागसिप सेरेमनी सम्पन्न गरेको विनोद चौधरीले जानकारी दिए । चौधरीले नेपाल र भारतमा बाहेक वाइवाइको चौथो प्लान्ट सञ्चालन गर्न लागिएको बताए ।

‘यो स्मारकीय ग्राउन्ड ब्रेकिङले नेपालको गौरवलाई विश्वसामु चिनाउनेछ’, सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै चौधरीले लेखेका छन्, ‘यसले विभिन्न अवसर प्रदान गर्नाका साथै रोजगार प्रवद्र्धन र अर्थतन्त्रमा पनि सहयोग गर्नेछ ।’

यसअघि बंगलादेशबाट वाईवाईको उत्पादन सुरु भइसकेको छ । त्यस्तै युरोपमा पनि सर्बियामा प्लान्ट निर्माण गरेर वाईवाई उत्पादन भइरहेको छ । भारतमा मात्र वाईवाईका विभिन्न राज्यमा गरि ६ ओटा प्लान्ट छन् । चौधरी ग्रुपले काजकिस्तानको चाउचाउ उत्पादन केन्द्र पनि खरिद गरेको छ ।

मध्य एसियामा आफ्नो व्यापार विस्तारको लागि चौधरी ग्रुपले १ करोड ५० लाख डलर बराबरको रकममा सो केन्द्र खरिद गरेको हो । काजाकस्तानमा नयाँ उत्पादन खरिद गरेसँगै चौधरी ग्रुपको समग्र चाउचाउ उत्पादन केन्द्र १८ पुगेको छ । जसमध्ये ९ वटा भारतमा रहेको छ ।

वाइवाइले भारतीय बजारमार तयारी चाउचाउको २८ प्रतिशतको हिस्सा आगट्ने गरेको छ । वार्षिक व्यापार २ अर्ब २० करोड डलरको हुने गरेको छ । यसले विश्वको चाउचाउको बजारमा २ प्रतिशतको हिस्सा ओगट्ने गरेको छ ।

सन् २०१७ मा सर्वियामा पनि चौधरी ग्रुपले नयाँ प्लान्ट खोल्ने निर्णय गरेको थियो । ३० मुलुकहरुमा अहिले चौधरी ग्रुपका ७६ ब्राण्डहरु उत्पादन भइरहेका छन् र १२२ कम्पनीहरु स्वामित्वमा रहेका छन् भने १० हजार कर्मचारीहरु काम गरिरहेका छन् ।

विश्वभर उपभोग हुने चाउचाउ मध्य वाईवाईको हिस्सा दुई प्रतिशत नाघेकोे चौधरी ग्रुपले जनाएको छ । विश्वका १५ ओटा देशमा उत्पादन प्लान्ट निर्माण गरेर विश्वकै सबैभन्दा धेरै उपभोग हुने चाउचाउ ब्रान्ड बनाउने लक्ष्यमा चौधरी ग्रुपले काम गरिरहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।