अष्ट्रेलियाको केन्द्रीय बैंकले औसत ब्याज दर बढाएपछि बन्डको मूल्य बढ्दै, एसियाली सेयरबजार घट्दै

0
Shares

अष्ट्रिेलियाको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलियाले ०.५ प्रतिशतले औसत ब्याजदर बढाएको छ ।

सन् १९९५ यताकै उच्च विन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रणका लागि अष्टे«लियाको केन्द्रीय बैंकले औसत ब्याज दर बढाएको हो ।

अष्ट्रेलियाले औसत ब्याजदर बढाएपछि अष्ट्रेलियन डलर शक्तिशाली भएको छ । यसैगरी २२ वर्ष यताकै उच्च हुने गरी बढाइएको ब्याजदरको प्रभावले एसियाली सेयरबजारमा गिरावट आएको छ भने जापानी येन सन् २००२ यताकै कमजोर भएको छ ।

अमेरिकामा सम्भावित रुपमा आर्थिक मन्दी हुन सक्ने भनिएको समयमा अष्ट्रेलियाले ब्याजदर बढाउँदा लगानीकर्ताहरु थप त्रसित बनेका छन् ।

जापान बाहिरका एसिया–प्यासिफिक क्षेत्रको वृहत सेयर सूचांक एमएससीआई १.१ प्रतिशतले ओरालो लागेको छ । यसैगरी एसएन्डपी अन्तर्गतको इ–मीनी फ्युचर्स ०.५८ प्रतिशतले घटेको छ । यसैगरी युरो स्टक्स५० फ्युचर्स सूचांक ०.८६ प्रतिशतले घटेको छ ।

सेयरबजार घटेको समयमा ट्रेजरी यिल्ड ९.९ बेसिस पोइन्टले बढ्दा कुपन रेट ३.०६४० प्रतिशत हुन पुगेको छ । गील्ट येल्ड १०.२ बेसिस पोइन्टले बढ्दा कुपन रेट सात वर्ष यताकै उच्च २.२५६ प्रतिशत हुन पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।