हिमालयन बैंककाे सेयरमूल्य २ दिनमा ७५ रुपैयाँ घट्यो

0
Shares

हिमालयन बैंक लिमिटेड (HBL)  काे सेयरमूल्यमा कारोबारमा आएको दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ ।

मर्जरका कारण एक वर्षसम्म कारोबार रोक्का रहेर सोमबारदेखि कारोबार सुचारु भएको बैंकको सेयरमूल्य २ दिनमा ७५.६३ रुपैयाँ घटेको हो ।

साताको दोस्रो कारोबार दिन मंगलबार पनि हिमालयन बैंकको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । बैंकको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९७ प्रतिशत (३५.७८ रुपैयाँले) घटेसँगै नकारात्मक सर्किट लागेको हो । यससँगै बैंकको सेयरमूल्य प्रतिकित्ता ३२३.१० मा झरेको छ ।

सोमबार पनि बैंकको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात ३९.८५ रुपैयाँले घटेर ३५८.९० रुपैयाँमा कारोबार बन्द भएको थियो । यसअघि बैंकको सेयरमूल्य २०७८ बैशाख ३० गते प्रतिकित्ता ४८४ रुपैयाँमा बन्द भएको थियो । सोमबार बैंकको सेयर ३९८.७५ रुपैयाँमा कारोबार खुला भएको थियो। गत आवको नाफाबाट बैंकले वितरण गरेको २१ प्रतिशत बोनस सेयर समायोजन गरी सोमबार बैंकको सेयर कारोबार खुला भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जेठ २३ गतेदेखि हिमालयन बैंकको आधारभुत शेयरधनीहरु बाहेकका सेयरधनीको धितोपत्र कारोबार फुकुवा गरेको थियो । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै सेयर कारोबार रोक्का भएको थियो । मर्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि हिमालयन बैंकको रोक्का रहेको सेयर कारोबार सुचारु भएको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेपछि कारोबार रोक्का थियो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।