यूरोपियन केन्द्रीय बैंकले आठ वर्षपछि धनात्मक ब्याजदर नीति अवलम्बन गर्ने

यूरोपियन केन्द्रीय बैंकले आठ वर्षपछि धनात्मक ब्याजदर नीति अवलम्बन गर्ने

आठ वर्षसम्म ब्याजदरमा ऋणात्मक नीति अपनाएको यूरोपियन केन्द्रीय बैंकले धनात्मक नीति अवलम्बन गर्ने भएकाे छ । 

सन् २०१४ बाट सन् २०२२ सम्म ऋणात्मक नीति अपनाउँदै आएको युरोपियन केन्द्रीय बैंकले आगामी समयमा धनात्मक नीति अवलम्बन गर्ने भएको हाे ।

यसअघि निपेक्षकर्ताहरुले युरोपियन बैंकमा निपेक्ष गर्दा बैंकलाई ०.५ प्रतिशत बुझाउनुपथ्र्यो भने बैंकले धनात्मक नीति अवलम्बन गरे लगत्तै निक्षेपकर्ताहरुले ब्याज रकम पाउने भएका हुन् ।

सन् २०१४ को जुन महिनामा यूरोपमा ऋण संकट पैदा भएको थियो । यसै क्रममा व्यवसायिक लगानी तथा आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न, रोजगारी दर बढाउन र दक्षिण यूरोपमा कमजोर भएका अर्थतन्त्रहरुलाई सहायता गर्दै यूरोपियन केन्द्रीय बैंकका अध्यक्ष मारियो ड्रागिले औसत ब्याजदर शून्य भन्दा पनि कम गर्ने नीति अघि सारेका थिए ।

उनको यो निर्णयले बैंकहरुको त्रैमासिक आर्थिक वृद्धि खुम्चिनुका साथै बैंकहरुको सेयर पनि क्रमिक रुपमा घट्दै गएको थियो । निक्षेपकर्ताहरु बचतलाई लिएर नकरात्मक भएका थिए ।

यूरोपियन केन्द्रीय बैंकले आर्थिक वृद्धि तथा कुल ग्रास्थ उत्पादन (जिडिपी) मा वृद्धि ल्याउन ऋणात्मक नीति अघि सारेता पनि यूरोपका १९ देशहरुको जिडिपीमा २ प्रतिशत मात्रै वृद्धि आएको थियो । यसैगरी विश्वव्यापी रुपमा कोभिड-१९ संक्रमण फैलिँदै गएपछि युरोपको आर्थिक वृद्धि दरमा गिरावट आएको थियो ।

कोभिड-१९ संक्रमणको समयमा उत्पन्न भएको माग र आपूर्ति बीचको असन्तुलन, आपूर्ति श्रृङ्खला अवरोध र रुसले युक्रेनमा आक्रमण गरेपछि इन्धन तथा खाद्यान्नको मूल्यवृद्धि हुँदा मुद्रास्फीति दर ८.५ प्रतिशत पुगेको छ । आकाशिएको मूल्यवृद्धि नियन्त्रणका लागि यूरोपियन केन्द्रीय बैंकले औसत ब्याजदर बढाउने भएको छ ।

अधिकांश विकसित देशहरुले संकुचित मौद्रिक नीति अवलम्बन गरेको समयमा यूरोपियन केन्द्रीय बैंक र बैंक अफ जापानले विस्तारित मौद्रिक नीति अवलम्बन गरेका थिए । विस्तारित मौद्रिक नीति पालना गर्ने केन्द्रीय बैंकहरुको सूचीमा अब बैंक अफ जापान मात्रै रहेको छ ।

मुद्रास्फीति दर २ प्रतिशतभन्दा कम बनाउने उद्देश्यका साथ युरोपियन केन्द्रीय बैंकले औसत ब्याजदर बढाउन लागेको हो । यसैगरी यूरोपियन केन्द्रीय बैंकले बन्डको खरिद बन्द गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ जेठ २०७९, बिहीबार १८ : २९ बजे